सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दिपले जिते स्टाइलिस प्लेयरको अवार्ड

२०७५ जेठ ५, ०६:२४

नेपाली राष्ट्रिय युवा टोलीका लेग स्पिनर सन्दिप लामिछानेले आइपिएल अन्तर्गत चेन्नाई सुपर किंग्स बिरुद्धको खेलमा स्टाइलिस प्लेयरको अवार्ड जितेका छन् ।सन्दिपलाई उनको इकोनोमिकल बलिङ गर्दै एक विकेट लिएका कारण उक्त अवार्ड प्रदान गरिएको हो । सन्दिपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिएर एक विकेट लिएका थिए ।सन्दिपले आफ्नो तेश्रो ओभरको पहिलो बलमा नै सुरेश रैनालाई आफ्नो सिकार बनाएका थिए । सन्दिपले पहिलो र तेश्रो ओभरमा दुई दुई रन दिएका थिए भने दोश्रो ओभरमा छ रन र आफ्नो अन्तिम ओभरमा एक छक्का सहित ११ रन खर्चिएका थिए । सन्दिपको आईपिएलमा दोश्रो खेल हो । उनले रोयल च्यालेन्जर्स बैंग्लौर बिरुद्धको आफ्नो डेब्यु खेलमा २५ रन खर्चिएर एक विकेट लिएका थिए ।

कमेन्ट लोड गर्नुस