सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारदा विद्या निकेतन विजयी

स्कुल स्तरीय टि–२० क्रिकेट प्रतियोगिता

२०७५ जेठ १, ०७:२४

धनगढीमा जारी स्कुल स्तरिय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा शारदा विद्या निकेतन विजयी भएको छ । शारदाले हिलवर्डलाई ९९ रनले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको शारदा विद्या निकेतनले १९ ओभरमा सवै विकेट गुमाउदै १ सय ७६ रन बनायो । उस्का लागि गजेन्द्र बोहराले ६४, विजय गुप्ताले २३ रन बनाए । बलिङमा हिलवर्डका लागि विकेश कुँवर र नरेन्द्र थापाले समान ३÷३ विकेट लिए । 
१ सय ७७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको हिलवर्डले ९ दशमलव ४ ओभरमा सवै विकेटको क्षतीमा ७ठ रन मात्रै बनाउनसक्यो । हिलवर्डका लागि रमेश विष्टले ११ र विकेश कुँवरले १० रन बनाए । बलिङमा शारदा विद्या निकेतनका शाश्वत पन्तले ५ तथा विरेन्दै ढुंगानाले ४ विकेट लिए । खेलका म्यान अफ द म्याच शाश्वत पन्त भए । 

कमेन्ट लोड गर्नुस