सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारदा मावि र एक्सीस विद्या आश्रम विजयी

स्कुल स्तरीय–२० क्रिकेट प्रतियोगिता

२०७५ जेठ ३, ०६:४६

धनगढीमा जारी स्कुल स्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा शारदा मावि र एक्सिस विद्या आश्रम विजयी भएका छन् । आज भएको पहिलो खेलमा शारदा माविले सिद्धार्थ सिसु सदनलाई ६ रनले पराजित गरेको हो । 
टस हारेर व्याटिङको निम्तो पाएको शारदाले १८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै १ सय २९ रन बनायो । १ सय ३० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सिद्धार्थले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउदै १ सय २३ रन मात्रै बनाउन सक्यो । खेलको म्यान अफ द म्याच शारदाका जिवन अछामी भए । 
आजै भएको दोश्रो खेलमा एक्सिस विद्या आश्रमले, वासुदेवी माविलाई ९ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको एक्सिसले ११ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ७५ रन बनायो । ७६ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको वासुदेवीले १४ ओभरमा सवै विकेट गुमाउदै ६६ रन मात्रै वनाउन सक्यो । खेलका म्यान अफ द म्याच एक्सिसका राकेश विष्ट भए । 
 

कमेन्ट लोड गर्नुस