सुदूर नेपाललाई विश्वसँग जोड्दै

निष्ट एलपियल : लिटिल वुद्ध एकेडेमी पनि सेमिफाईनलमा

२०७४ फाल्गुन १८, ०६:५७

धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सेमीफाईनलमा पुग्ने तेश्रो टालिको पनि टुङगो लागेको छ । आज भएको तेश्रो खेलमा आयोजक लिटील फ्लावर स्कुललाई पराजित गर्दै लिटील बुद्ध एकेडेमी महेन्द्रनगर सेमिफाईनलमा प्रवेश गरेको हो । यसअघि नै कैलाली विद्या निकेतन, सिद्धार्थ शिसु सदन अन्तिम चारमा पुगिसकेका छन् ।

धनगढीको फाप्ला मैदानमा आज भएको पहिलो खेलमा भने काठमाण्डौंको वाईट हाउसले क्यास्पीयन एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको क्यास्पीयनले १४ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै निशाद वोगटीको १९ रनको मदत्तले ५० रन मात्रै वनाउन सक्यो । वाईट हाउसका लागि प्रतिश जिसी र एओन केसीले ३÷३ विकेट लिए । वाईट हाउसले ६ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । टीमलाई जिताउन आयुष वस्नेतले २२ रन वनाए । क्यास्पीयनका लागि श्याम सुन्दर साउँद र प्रदीप जोशीले १÷१ विकेट लिए । वाईट हाउसका एओन केसी म्यान अफ द म्याच भए ।
आज भएको दोस्रो खेलमा विज्डम एकेडेमी वेलौरीलाई नेपालगंजको एवीसीसी स्कुलले ३ रनले हरायो । पहिले व्याटिङ गर्दै एवीसीले २० ओभरमा ९ विकेट गुमाएर सन्दोपी अन्सारीको ३९ र सन्सुदीप अन्सारीको २५ रनको मदत्तले १२६ रन वनायो । विज्डम एकेडेमीका वसन्त कार्की र पवन कार्कीले ३÷३ विकेट लिए ।

विज्डम एकेडेमीका वसन्त कार्कीले ४३ रन र अभिसेक उपाध्यायले ३७ रन वनाए पनि २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमै सिमित भयो । एवीसी स्कुलका लागि सौगात रानाभाटले ३ विकेट र सन्सुदीप अन्सारीले २ विकेट लिए । एवीसी स्कुलका सन्सुदीप अन्सारी म्यान अफ द म्याच भए । तेस्रो खेलमा लिटिल वु्द्धले आयोजक लिटिल फ्लावर स्कुललाई ८ विकेटले हरायो ।

पहिले व्याटिङ गर्दै लिटिल फ्लावरले १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै विक्रक ठगुन्नाको २३ र महेश अधिकारीको १७ रनको मदत्तले ११० रन वनायो । लिटिल वुद्धका लागि भीम सार्की र विकास आग्रीले २÷२ विकेट लिए । लिटिल वुद्धले १७ दशमलव १ ओभरमा २ विकेट गुमाएर रोशन साउँदे अविजित ४४ रन र रमेश भट्टको ३४ रनको मदत्तले लक्ष्य भेटायो । खेलको म्यान अपद द म्याच रोशन साउँद भए ।

भोली एउटा खेल लिग चरणको अन्तिम खेल हुनेछ भने भोली नै दुई वटा सेमीफाईनल हुनेछन । अन्तिम चारमा पुग्ने चौथो टीमको टुंगो भने भोली हुने लिग चरणको अन्तिम खेलवाट लाग्ने भएको छ । भोलीको पहिलो सेमिफाईनलमा सिद्धार्थ शिसु सदन र कैलाली विद्या निकेतन भिड्ने् भएका छन । दोस्रो सेमिफाईनलमा लिटील वुद्धसँग स्टेपिङ जिेतमा प्रतिस्पर्धा गर्नेछ भने हारेमा रनरेटको आधारमा टिमको टुंगो लाग्नेछ ।

प्रतियोगितामा कैलाली सहित काठमाडौ, बाँके र कञ्चनपुरका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरिने आयोजक लिटील फ्लावर ईङलिस वोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल तथा प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले बताए ।

कमेन्ट लोड गर्नुस