सुदूर नेपाललाई विश्वसँग जोड्दै

डीपीएल २ः अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी

२०७४ चैत्र १८, ०४:५१

डीपीएल २ अन्तर्गतको दोस्रो दिनको पहिलो खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ। सीवाईसी अत्तरियाले ६२ रनको लक्ष्य ७। ३ ओभरमा ६५ रन बनाउँदै पुरा ग¥यो । अत्तरियाबाट कप्तान सुवास खकुरेल १९ रन बनाएर आउट भए, यस्तै गौरव चित्तकारा ३० र प्रेम तामाङ १४ रनमा नट आउट रहे । यसअघि टस जितेर व्याटिङ रोजेको रुपन्देही १५।२ ओभरमा ६२ रनमा अल आउट भएको थियो ।

रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सीवाईसीका कमलसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चँदै ४ विकेट लिए भने सुभांकर उराउले २।२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए । उनले जम्मा ७ रन मात्रै खर्चिए । रुपन्देहीको तर्फबाट सुफियाल मुहम्मदले सर्वा्िधक २० रन जोडे उनी बाहेकका अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। प्रदीप ऐरी सागर पुन र सुशन भारी शुन्यमा आउट भए ।

यता दोस्रो दिनको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड विजयी भएको छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच भएको खेलमा महेन्द्रनगरले विराटनगरलाई ३३ रनले पराजित गरेको हो। विराटनगरको तर्फबाट बाबर हायतले १० बलमा ३२ रन, पृथु बाँस्कोटा ३५ रन, अनिल साह २३ र पारस खड्का १६ रन बनाए । यस्तै महेन्द्रनगर युनाइटेडका अविनाश कर्णले ३, पुनित मेहरा, भुवन कार्की र रोविन क्षेत्रीले २÷२ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको महेनद्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो। महेन्द्रनगरका लागी पुनीत मेहराले नटआउट ३८ रन बनाए भने कप्तान विनोद भण्डारीले ३६ रन बनाए। त्यस्तै पुनीत बिष्टले २४, आरिफ शेखले २० रनको योगदान दिए। विराटनगरका लागी मन्जीत श्रेष्ठले २ विकेट लिए भने, कप्तान पारस खड्का र सुभम्म कामतले १÷१ विकेट लिए। 
 

कमेन्ट लोड गर्नुस