सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिपिएलको आयव्यय सार्वजनिक : आयोजकको योगदान ६ लाख ९५ हजार

२०७५ वैशाख २५, ०६:२२

गत चैतमा धनगढीमा भएको रुस्लान धनगढी प्रिमियर लिग डिपिएलको आयव्यय सार्वजनिक गरिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । आयोजकले सार्वजनिक गरेको विवरण अनुसार डिपिएलले ३ करोड १२ लाख ७६ हजार आम्दानी गरेको छ भने सो बराबरकै खर्च गरेको जनाएको छ ।

आयोजकले मुख्य प्रायोजक वाफत ३५ लाख, सह प्रायोजक र प्रवर्धकहरुबाट ७१ लाख, प्रायोजकहरुबाट २२ लाख, टिकटबाट १० लाख आम्दानी गरेको जनाएको छ । पुरस्कार ५१ लाख, अतिथी सत्कारमा १५ लाख, खेल मैदान निर्माणमा १९ लाख ७१ हजार, प्याराफिट निर्माणमा १० लाख रुपैयाँ खर्च भएको जनाएको छ । ६ लाख ९५ हजार घाटा भएको आयोजकले जनाएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले डिपिएलले धनगढीको पहिचान अभिवृद्धि गर्दै सामाजिक आर्थिक उत्थानमा भुमिका खेलेको बताए ।

डिपिएल सर्वाधिक हेरिएको प्रतियोगिता भएको पनि आयोजकको दाबी छ.। विभिन्न माध्यमबाट दैनिक औषत २ करोड भन्दा बढी दर्शकले हेरेको आयोजकको दावी छ । 
कमेन्ट लोड गर्नुस