सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्य विद्या निकेतन र लिटिल फ्लावर विजयी

स्कुल स्तरीय टि–२० क्रिकेट प्रतियोगिता

२०७५ जेठ २, ०६:३८

धनगढीमा जारी स्कुल स्तरीय टि– २० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा ऐश्वर्य  विद्या निकेतन र लिटिल फ्लावर बोर्डिङ स्कुल विजयी भएका छन् । ऐश्वर्य विद्या निकेतनले क्यास्पीयन एकेडेमीलाई ६८ रनले पराजित गरेको हो भने दोश्रो खेलमा लिटिल फ्लावरले सत्यवतीलाई ५ विकेटले पराजित गरेको हो । आज भएको पहिलो खेलमा टस जितेर क्यास्पीयन एकेडेमी विरुद्ध व्याटिङ गरेको ऐश्वर्य विद्या निकेतनले १९ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै १ सय २६ रन बनायो । उस्का लागि विरेन्द्र महरले ३२ तथा दिपक जाग्रीले १९ रन बनाए । बलिङमा क्यास्पीयनका रिसान सोवले ४ तथा सिरीस कठायतले ३ विकेट लिए । १ सय २७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको क्यास्पीयन एकेडेमीले १२ दशमलव ३ ओभरमा सवै विकेट गुमाउदै ५८ रन मात्रै बनाउन सक्यो । बलिङमा ऐश्वर्यका लक्ष्मण भण्डारीले ४ तथा लोकेश हमालले ३ विकेट लिए । खेलका म्यान अझ द म्याच लक्ष्मण भण्डारी भए । 

आजै भएको दोश्रो खेलमा सत्यवती एकेडेमीले लिटिल फ्लावर विरुद्ध टस जितेर व्याटिङ गरेको थियो । ११ दशमलव ११ ओभरमा सवै विकेटको क्षतिमा ३९ रन बनायो । उस्का लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । सत्यवतीलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका अनिल थापाले ४, अनुज विष्टले २ विकेट लिए । ४० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको लिटिल फ्लावरले ८ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायो । लिटिल फ्लावरका जितमा राजेन्द्र चन्दले १४ रन बनाए । खेलका म्यान अफ द म्याच अनिल थापा भए । 
 

कमेन्ट लोड गर्नुस