सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईमरल्ड एकेडेमी र लिटील फ्लावरको विजयी सुरुवात

धनगढीमा विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु

२०७५ वैशाख २८, ०७:३९

आजदेखि सुरु भएको अन्तर विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा ईमरल्ड एकेडेमी र लिटील फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन् । आज भएको पहिलो खेलमा मालिका उच्च मावीलाई ईमरल्ड एकेडेमीले ४ विकेटले पराजीत गरेको हो । टस हारेर व्याटीङको निम्तो पाएको मालिकाले १७ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै १ सय २० रन बनायो ।

उस्का लागि अरुण नेपालीले ३४, किरण खड्काले १७, सम्रटा हमाल १६ र प्रविण वोहरा १३ रन बनाए । बलीङमा ईमरल्ड एकेडेमीका भुपेश ओझा र विवेक वयलकोटीले ३÷३ तथा सुनिल भण्डारीले २ विकेट लिए । १ सय २१ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ईमरल्ड एकेडेमीले १९ दशमलव १ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेटायो ।

उस्का लागि अंकति आउजीले ३२, साहीर मल्लले २५, भरत सिहले १५ र विवेक वयलकोटीले १२ रन बनाए । मालीकाका किरण खड्काले ३ र अरुण नेपाली २ विकेट लिएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । इमरल्डका विवेक वयलकोटी म्यान अफ द म्याच भए । 
आजै भएको दोश्रो खेलमा लिटील फ्लावरले वासुदेवी मावीलाई ३ विकेटले पराजीत गरेको हो ।

टस हारेर व्याटीङको निम्तो पाएको वासुदेवीले १९ दशमलव २ ओभरमा १ सय ३ रन बनायो । उस्का लागि डवल ऐरले ५१ रन र रावल भाट १० रन बनाए । लिटील फ्लावरका शैलेस अवस्थीले ४ विकेट तथा विजय कुवरले ३ विकेट लिए । १ सय ४ रनको लक्ष्य सहित मैदान उत्रिएको लिटील फ्लावरले १४ दशमलव ३ ओभरमा ७ विकेटको क्षतीमा लक्ष्य भेटायो ।

उस्का लागि किशोर सिहले २२ र विजय कुवरले २१ रन बनाए । खेलको म्यान अफ द म्याच विजय कुवर भए । प्रतियोगितामा कैलाली जिल्लाका २० वटा विद्यालयको सहभागिता रहेको छ । विद्यालय स्तरबाट खेलाडीहरु उत्पादन गर्ने उद्येश्यका साथ कैलाली जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडले उद्धघाटन गर्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यु–१६ राष्ट्रिय किक्रेट प्रतियोगितामा समावेश गराईने प्रतियोगिता संयोजक लोकेश जोशीले बताउनुभयो ।
 

कमेन्ट लोड गर्नुस