आयोजक हिमालय युवा क्लव च्याम्पीयन

२०७५ वैशाख ३०, ११:२१
भजनीमा भएको खुल्ला क्षेत्रीय फुटवल टुर्नामेन्ट प्रतियोगिताको उपाधि आयोजक हिमालय युवा क्लबले जितेको छ । जनजार्गन युवा क्लव बैदीलाई २–० ले हराउँदै आयोजकले उपाधि जितेको हो । हिमालय क्लवको तर्फबाट प्रजेस राजीव र विमल चौधरीले १–१ गोल गरे । हिमालय युवा क्लवले अधिकांश समय जनाजार्गन युवा क्लवलाई दवावमा राखेको थियो । खेलको म्यानअफद म्याच प्रजेस राजिव भएको थिए । खेलको वेष्ट स्कोरर विमल चौधरी भए ।
प्रतियोगिताको विजेतालाई नगद ३० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ भने उपविजेताले १५ हजार नगद सहित ट्रफी पाएको छ । हिमालय युवा क्लवको १६ औँ वार्षिकोत्सवका अवसरमा वैशाख २३ गतेदेखि सुरु भएको भएको प्रतियोगितामा १२ टीमले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजयी टोलीलाई कैलाली फुटबल संघका अध्यक्ष मोहितकुमार शाह, उपाध्यक्ष राघव कार्की लगायतले पुरस्कार वितरण गरे । हिमालय युवा क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि भजनी जगरपालिकाका वडा नम्वर ५ का अध्यक्ष केशव बुढा रहेका थिए ।





कमेन्ट लोड गर्नुस