अस्पताल भर्ना भएका रोनाल्डो डिस्चार्ज हुने

निमोनिया भएपछि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल लिजेण्ड रोनाल्डोलाई भोलि डिस्चार्ज गरिने जनाइएको छ ।
रोनाल्डोलाई भर्ना गरिएको अस्पताल क्यान मिसेस अस्पताका प्रवक्ताले रोनाल्डोको उपचार चलिरहेको र उनका बारेमा थप केही जानकारी दिन नमिल्ने बताए ।
छुट्टी मनाउन लाबिजा स्पेन पुगेका बेला उनलाई निमोनिया भएको हो ।
सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा महत्वपूर्ण सदस्य रहेका रोनाल्डोलाई शुक्रबार अस्पताल भर्ना गरिएकोमा स्वास्थ्यमा क्रमिक सुधार आएकाले सोमबार डिस्चार्ज गर्न सकिने जनाइएको हो ।
४१ वर्षीय रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका छन् । सन् १९९४ देखि २००६ सम्म ४ वटा विश्वकप खेलेका रोनाल्डो फिफा विश्वकपमा १० गोल भन्दा बढि गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् ।
उनले १५ गोल गरेका छन् भने जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरका छन् । रोनाल्डो रियल मड्रिड, बार्सिलोना, इन्टर मिलान र एसी मिलानमा पनि खेलेका थिए ।
यसैगरी उनले बलोन डी ओर अवार्ड सन १९९७ र २००२ मा जितेका थिए ।
