सुदूर नेपाललाई विश्वसँग जोड्दै

इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

२०७५ भदौ १, ०६:५५

  पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान १७६ मतका साथ प्रधानमन्त्री चुनिए ।
शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग (पीपीपी)ले भने मतदान बहिस्कार गरेको छ ।
सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गरेका छन् ।

कमेन्ट लोड गर्नुस