सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका पशुमा खोरेत रोगको महामारी

२०७५ मंसिर २५, ०८:१६ रोशन भट्ट

जाडो मौसम सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन सुरु भएको छ । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर सहित अन्य पहाडी सात जिल्लाहरुमा खोरेत रोगको महामारी फैलिन सुरु भएको हो । यो रोग लागि सकेपछि पशुको उपचार सम्भव नभएकाले पशु चिकित्सकहरुले कृषकलाई रोग लाग्नु भन्दा अगाडी नै सजक रहन सुझाव दिएका छन । कैलाली र कञ्चनपुरमा विगत तीन महिनादेखि खोरेत रोग महामारीको रुपमा फैलिएको छ । सामान्य तय सबै समयमा लाग्ने यो रोग जाडो मौसममा भने महामारीको रुपमा नै फैलिने गरेको छ । 

जाडो मौसममा पशुमा लाग्ने खोरेत रोग यो वर्ष जाडो मौसम सुरु हुन भन्दा अगाडी नै महामारीको रुपमा फैलिन सुरु भएको हो । विगत तीन महिना देखी नै कैलाली कञ्चनपुर सहित अन्य पहाडी जिल्लाहरुमा खोरेत रोग फैलिएको छ । खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खोरेतको संक्रमण देखिने गरेको छ भने संक्रमण फैलिँदै जाँदा दुर्इ वटा खुरको छालाहरु कुहिने समस्या पनि हुने गरेको छ । सुरुको अवस्थामा पशुको मुखबाट र्याल  आउने तथा मुख भित्रको जिब्रोमा घाउ समेत हुने गरेको पशु चिकित्सक डाक्टर पानसिंह ठगुन्नाले बताए । 

पसुमा लाग्ने दोरेत रोग नियन्त्रण गर्न निकै नै चुनौतिपुर्ण रहेको छ । रोग लागि सकेपछि उपचार नहुने भएकाले नियन्त्रण गर्न चुनौतिपुर्ण देखिएको हो । सामान्य तय यो रोग गाई, भैसिं, भेडा, बाख्रा र बङगुरहरमा लाग्ने गरेको छ । यो राग लागेपछि सुरुमा पसुलाई जरो आउने, मुखबाट ¥याल आउने, खुट्टामा घाउ भएर हिड्न नसक्ने, खान छोड्ने र स्तनधारी पशुले दुध दिन छोड्ने गर्छन् । यो रोग भाईरल रोग भएकाले यस्को उपचार भने हुने गरेको छैन । रोग लाग्नु भन्दा पहिले नै खोरेत रोग विरुद्धको खोप लगाएपछि भने यो रोगबाट पसुलाई बचाउन सकिने पसु चिकित्सकहरुले बताएका छन । खोरेत रोग लागेर मृत्यु दरमा बृद्धि नहुने गरेको भए पनि साना पसुहरुको मृत्यु हुने, पसु दुब्लाउदै जाने लगाएका समस्या देखिने गरेको राष्ट्रिय पसु आहारा तथा लाईफस्ट गुण व्यवस्थापन प्रगोगशाला कार्यालय काठमाडौंका प्रमुख जीवलाल लम्सालले बताए । आफ्नो पशुलाई खोरेत रोगबाट जोगाउनको लागि पशुलाई गोठबाट बाहिर ननिकाल्ने, पशुको मुख र खुट्टामा घाउ भएको थाहा भए पछि फिटकिरि पानीले घाउ भएको ठाँउ सफा गरे पसुलाई खोरेत राग बाट बचाउन सकिने पसु चिकित्सकले जनाएका छन  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस