सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुछारका क्लबलाई जित र गोलको खडेरी

२०७५ मंसिर २५, ०७:४४

शहीद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो ।  चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो । सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्पियन हो । आर्थिक सङ्कटले गर्विलो इतिहास बनाएको एनआरटी झनै सङ्कटमा परेको थियो । विसं २०६९ सालमा एनआरटीले आर्थिक सङ्कटको कारण देखाउँदै लिग नखेल्ने निर्णय गर्यो । फलस्वरुप एन्फाले एनआटरीलाई कारवाही स्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो भने २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो । 

एनआरटीले २४ वर्षयता लिग जित्न सकेको छैन । यसपटक पनि उसको लिग जित्ने ध्यान्न भन्दापनि प्रतिस्पर्धामा खरो उत्रने सोचमा छ । क्लबका प्रशिक्षक महेश्वर मुल्मी जारी लिगमा हुने खेलमा प्रतिस्पर्धी टोलीलाई बलियो चुनौती पेश गर्ने रणनीतिमा रहेको बताउँछन् । नयाँ र युवा प्रतिभा टोलीमा रहेपछि जारी लिगका सातौं चरणका खेल सकिँदासम्म एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएसँगै एनआरटी लगातार छ खेलमा हार बेहोरिसकेको छ । दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–०, तेस्रो खेलमा नवप्रवेशी च्यासल युथ क्लबसँग ५–१, चांैथो खेलमा थ्रीस्टार क्लबसँग १–० र पाँचांै खेलमा नेपाल पुलिस क्लबसँग ३–० गोल छैटौँ खेलमा एपिएफसँग २–१ र सातौँ खेलमा सङ्कटा क्लबसँग १–० ले एनआरटी पराजित भएको छ । सो टीमले अहिलेसम्म १७ गोल खाँदा चार गोल मात्र फर्काउन सकेको छ । प्रशिक्षक मुल्मीले यो सिजनका लागि क्लबले खासै तयारी नगरेको बताउँछन् । 
यसवर्ष रेलिगेशन नहुने भएर पनि पुछारका क्लब त्यति निराश छैनन् । अङ्क तालिकाको पुछारमा रहँँदा पनि ‘ए’ डिभिजनमै रहने सुविधा भएकाले क्लबहरूले तयारी र खर्चमा लोभ गरेको आरोप समेत लागेको छ । 

मछिन्द्र गोलकै खोजीमा    
यता मछिन्द्र क्लबले जित त परको कुरा भयो । जारी लिगमा एक गोल समेत फर्काउन सकेको छैन । सात खेल खेल्दा तीन खेल बराबरी गरेको छ । तीन वटैमा मछिन्द्रले गोल रहित बराबरी खेल्यो । बाँकी चार खेलमा खेलमा मछिन्द्र पराजित भयो । उसले आठ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन । साताँै चरणको खेल सकिँदासम्म सात पटकको विजेता मनाङ शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ््याइरहेका छन् । मनाङ्को २१ अङ्क रहेको छ । थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क छ । उनीहरू क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौथो स्थानमा छ । सातौँ चरणको खेल सकिँदा नेपाल पुलिस र हिमालयन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौं र छैठांै स्थानमा रहेको छ ।    च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेको छ । छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छन् । चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् । रासस

 

कमेन्ट लोड गर्नुस