सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बसपार्कका नन्ना, जसले रातको तीन घण्टामै २५ सय कमाउँछन

२०७५ मंसिर २५, १२:५१ जनक विष्ट

चिया बिक्रिबाट तीन घण्टामै २५ सय कमाउन सकिन्छ भन्दा विश्वास नलाग्न सक्छ। तर अत्तरिया बसपार्कका नन्ना साउँदको दैनिक तीन घण्टाको कमाई २५ सय हो। प्रहरीले ठेला व्यवसायीलाई  अत्तरिया बसपार्क क्षेत्रमा ठेला राखेर कारोवार गर्न रोक लगाएको छ।

दिउँसोमा बसपार्कमा ठेला लगाएमा प्रहरीले हटाउने गरेको छ। नन्नाले पनि बसपार्क क्षेत्रमा दिउँसो ठेलामा चिया बनाएर बिक्रि गर्दै आएका थिए तर प्रहरीले रोक लगाएपछि उनले दिउँसो भरी कमाउने पैसा राति तीन घण्टामा कमाउन थालेका छन्।

नन्नाको चिया बिक्रि गर्ने समय आजकल रातिको ३ बजेदेखी बिहान ६ बजे सम्म तय भएको छ। नन्ना चियाको सामान सहित ठेला ल्याएर राति अढाई बजे नै अत्तरिया बसपार्क पुग्छन्। नाईट बसहरु आउने क्रम सुरु भएपछि उनको चियाको कारोवार पनि सुरु हुन्छ।

बसपार्कमा एकछिनका लागि बसहरु रोकिएपछि यात्रुहरु चिया पिउन नन्नाको ठेलामा पुग्छन्। उनको ठेलामा चियाको स्वाद लिदै गनतव्य तीर हानिन्छन्। १५ रुपैया कप चिया बिक्रि गरेर तीन घण्टामा २५ सय आम्दानी हुने गरेको नन्नाले सुनाए।

‘दिउँसो ठेला राख्न दिदैन्, त्यसैले राति नै लगाएर चिया बिक्रि गर्ने गरेको छु आम्दानी ठिकै छ,’नन्नाले भने । छ बजेपछि उज्यालो भइहाल्ने हुदा नन्ना प्रहरीको डरले ठेला लिएर गनतव्यतीर फर्किन्छन्। चिया सँगै उनले खुद्रा समान समेत बिक्रि गर्ने गरेको बताए।

डोटीको पूर्वीचौकी गाँउपालिका स्थायी घर भएका उनी अत्तरिया बसपार्क नजिकै कोठा भाडामा लिएर बस्दै आएका छन्। दुई केटाकेटीका बुबा समेत रहेका नन्नाले तीन घण्टा चिया बिक्रि गरेवाफत कमाएको पैसाले परिवारको खर्च चलाउदै आएका छन्। 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस