सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुलवारी महोत्सवको आयोजना हुँदै

२०७५ मंसिर २४, ०७:२८

कैलालीको फुलवारी यो बर्ष पनि महोत्सव हुने भएको छ। स्थानिय कला संस्कृति, कृषि पर्यटन ब्यापार प्रबद्र्धनका लागि पुष ५ देखि १४ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो। कैलालीको धनगढी उप महानगरपालिका—१४, फूलवारीमा रहेको न्यू बुद्ध स्पोर्ट युवा क्लवले महोत्सवको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ। न्यू बुद्ध स्पोर्ट युवा क्लवले यसअघि २ पटक फूलवारी महोत्सवको आयोजना गरिसकेको छ। महोत्सवमा  स्थानिय एवंम् राष्ट्रिय स्तरमा उत्पादनको व्यापार मेला, कृषि उपजको प्रतियोगितात्मक प्रदर्शनी, खुल्ला लोकदोहोरी प्रतियोगिता, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी गरिने छ।  यस्तै महोत्सवमा एक सय बढी विभिन्न व्यवसायीक स्टलहरु रहने महोत्सव मूल आयोजक समारोह समितिका संयोजक महेश गोलेले जानकारी दिनुभयो। झण्डै ३० लाख खर्च लाग्ने महोत्सवबाट ५० लाखको कारोबार गरिने अनुमान गरिएको संयोजक महेश गोलेले बताए।
 

कमेन्ट लोड गर्नुस