सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोनापुरमा फुटबल प्रतियोगिता हुने

२०७५ मंसिर २४, ०६:२५

फुटबलको उर्बरभुमिका रुपमा चिनिने गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानिय मदरल्याण्ड युथ क्लबले प्रथम पुरस्कार दुइ लाख रहने गरी मदरल्याण्ड युथ कप २०७५ को आयोजना गर्न लागेको हो । मंसिर २९ देखि पुष ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानिय स्तरका चर्चित १६ टोलीको सहभागिता रहने आयोजक क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रथम पुरस्कार नगद २ लाख रहेको प्रतियोगिताको उप बिजेताले १ लाख पुरस्कार पाउने प्रतियोगिताका संयोजक गोपाल चौधरीले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाइ पनि पुरस्कारको ब्यबस्था गरीएको क्लबका अध्यक्ष श्रबण चौधरीले जानकारी दिए । हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका सबै खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै खेलाइने छन । करीब एक हप्ता सम्म चल्ने प्रतियोगिताले स्थानिय खेलाडीहरुलाइ मद्धत पु¥याउने कैलाली फुटबल संघका अध्यक्ष मोहित शाहले बताए ।

कमेन्ट लोड गर्नुस