सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिडिसिए कप कालाशैनी क्रिकेट क्लवले जित्यो

२०७५ मंसिर २४, ०६:२३

बैतडीमा भएको बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १८ औं संस्करणको उपाधी कालाशैनी क्रिकेट क्लवले हात पारेको छ ।  सोमवार सम्पन्न फाईनल खेलमा निंगलाशैनी क्रिकेट क्लव (एनसिसि)लाई ९ रनले स्तब्ध पार्दै कालाशैनीले उपाधि हात पारेको हो । उपाधिसंगै कालाशैनीले ३० हजार पुरस्कार पाएको छ भने उपविजेता एनसिसिले २० हजार पुरस्कार पाएको छ ।  बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको कालाशैनी १८ ओभर ५ बलमा १०९ रनमा समेटियो । जसमा  गोकर्ण चन्दले ३३ तथा सन्तोस चन्दले २० रन जोडे । एनसिसिका सुरेन्द्र बोहरा र दिपेन्द्र ऐरीले समान दुई दुई विकेट हात पारे । ११० रनको लक्ष्य पन्छाएको एनसिसि १ सय रनमा अलआउट भयो । दिपक बोहराले २६ तथा गजेन्द्र बोहराले १८ रन बनाएपनि हार टार्नसकेन् । एनसिसिको पारी ध्वस्त पार्ने क्रममा कालाशैनीका जगदिश चन्द र सन्तोस चन्दले समान ३÷३ विकेट हात पारे । कालाशैनीका सन्तोष चन्द म्यान अफ द फाईनल चुनिए ।  यसैबिच प्रतियोगिताभर व्यक्तिगत १३७ रन जोड्दै तथा १४ विकेट हात पारेको एनसिसिका दिपेन्द्र बहादुर ऐरी उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द सिरीज भए । उनले ५ हजार पुरस्कार पाए । यस्तै एनसिसिकै लागी प्रतियोगिताभर ३१२ रन  बनाएका दिपक बोहरा उत्कृष्ट ब्याट्सम्यान भए । कालाशैनीका लागी १७ विकेट हात पारेका सन्तोस चन्द बेस्ट बलर चुनिए ।  प्रतियोगितामा विजेता उपविजेता टोलीलाई बैतडी जिल्ला क्रिकेट संघका पुर्वअध्यक्ष विनोद बहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न भएको प्रतिगोगितामा १९ टोली सहभागी रहेका थिए ।  बिडीसिए  कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले बताए । 

 

कमेन्ट लोड गर्नुस