सुदूर नेपाललाई विश्वसँग जोड्दै

विधेयक प्रस्तुत गर्न समितिको ध्यानाकर्षण

२०७५ मंसिर २४, ०६:१५

कानून, न्याय र मानव अधिकार समितिले संविधान प्रतिकूल रहेका कानूनको विवरण तयार गरेर पर्याप्त छलफलका लागि छिटो संसद्मा विधेयक प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ । समितिको आजको बैठकले सो निर्णय गरेको हो । उक्त समितिका सभापति कृष्णभक्त पोखरेलले भने– “यो संविधानसँग बाझिएका कानून जति पनि छ, सङ्घीय संसद्को पहिलो अधिवेशन बसेको एक वर्ष्भित्र स्वतः अमान्य हुने संवैधानिक व्यवस्थाअनुसार ती कानून अब तत्काल पारित गर्न संसद् बस्नु प¥यो, विधेयक पनि आउनु प¥यो ।”अघिल्लो संसद्को केही तितो यर्थाथ छ, मौलिक अधिकारका विद्येयकमाथि पर्याप्त छलफल हुन पाएन भन्ने गुनासो आए, अब बन्ने कानूनलाई पनि नियम निलम्बन गरेर होइन, सबै विधि र प्रक्रिया पु¥याएर पर्याप्त छलफलका आधारमा पारित गर्न समयमै विधेयक संसद्मा दर्ता गरोस् भनेर समितिले कानून मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो, सभापति पोखरेले भने । सबै सांसदलाई विधेयक मस्यौदा र कानून निर्माणमा ज्ञान, सीप, दक्षता अभिवृद्धि गराउन प्रशिक्षण दिने तथा प्रत्यायोजित व्यवस्थापन अन्तर्गत ऐनले तोकेबमोजिम नियमावली तथा निर्देशिका निर्माण भए÷नभएको अनुगमन गर्ने पनि समितिले निर्णय गरेको छ ।  “कतिपय कानूनमा ऐनले तोकेबमोजिम गर्ने भनिएकामा नियम र निर्दे्शिका त्यो व्यवस्था कसरी गरिन्छ भन्नेबारे संसद्ले हेरेको छैन तर त्यो दायित्व संसद्को हो, ऐनलाई टेकेर नियम र निदेर्शिका बनाउँदा ऐनको भावनाभन्दा धेरै बाहिर गएर नियम बनाउने गरिएकाले अनुगमन गर्नुपर्ने आवश्यकता देखियो”, सभापति पोखरेलले भने । 

 

कमेन्ट लोड गर्नुस