सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र कतारबीच छलफल

२०७५ मंसिर २४, ०६:१२

नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा छलफल भएको छ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच आइतबार राति भएको द्विपक्षीय भेटवार्ताका क्रममा सो विषयमा छलफल भएको हो । 
भेटवार्ताका क्रममा उहाँहरुबीच आप्रवासी श्रमिकका विभिन्न पक्षबारे गम्भीर छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रवासी श्रमिकका पक्षमा विभिन्न कल्याणकारी कार्यक्रम सुनिश्चित र आप्रवासी श्रमिकका अधिकार तथा संवेदनशीलता सम्बोधन गर्ने विषयमा समेत छलफल भएको थियो । भेटका क्रममा मन्त्री विष्टले नेपालमा प्रशस्त लगानीको सम्भावना भएकाले जलविद्युत्, कृषि, पर्यटन तथा मिनरल वाटरका क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह गरेका थिए ।सो अवसरमा मन्त्री विष्टले कतारी समकक्षीलाई उपयुक्त समय पारेर नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए । 

कमेन्ट लोड गर्नुस