सुदूर नेपाललाई विश्वसँग जोड्दै

हड्तालका कारण जर्मन रेलसेवा अवरुद्ध

२०७५ मंसिर २४, ०५:०७

जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अवरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको छ ।  हड्तालका कारण उच्च गतिको रेलसेवाका साथै एक सहरबाट अर्को सहर जोड्ने अन्य छोटो दूरीको रेलसेवा पनि अवरुद्ध भएको डच बाहनको वक्तव्यमा उल्लेख छ । दक्षिणी राज्य बाभारियाका सबै रेलसेवा रद्द गरिएका छन् ।
डच बाहन र मजदूर युनियनबीच रेल मजदूरको तलबमा ७ दशमलब ५ प्रतिशत वृद्धि गर्ने मागमा सहमति हुन नसकेपछि मजदूर हड्तालमा उत्रिएका हुन् । जर्मनीको सबैभन्दा ठूलो रेल कम्पनी डच बाहनमा हाल एक लाख ६० हजार कामदार छन् । जर्मन समाचार संस्था डीपीएका अनुसार डच बाहनले मजदूर युनियनका नेतालाई पुनःवार्ताका लागि आमन्त्रण गरिसकेको छ । एएफपी 
 

कमेन्ट लोड गर्नुस