सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपाधि जित्ने लक्ष्य सहित काठमाडौँ फर्किए रवि ओड

२०७५ मंसिर २४, ०३:५३ खबर संवाददाता

नेपाल आइडल सिजन–२ को ‘उत्कृष्ट ४’ मा पुग्न सफल रवि ओड तीन दिनको सुदूरपश्चिम बसाईपछि काठमाडौँ फर्किएका छन्। नेपाल आइडलको उपाधि जित्ने लक्ष्य सहित तीन दिनको कार्यक्रम सम्पन्न गरि ओड काठमाडौँ फर्किएका हुन्।

तीन दिन सम्म कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै ओडले आफुलाई भोट गर्न अपिल गरेका थिए। उनले कैलाली र कञ्चपुरका विभिन्न क्याम्पस, विद्यालयमा आयोजित कार्यक्रमा पुग्दै आफुलाई अन्तिम पटक भोट दिएर उपाधि जिताउन अपिल गरे। यस्तै उनले लम्की महोत्सवमा पनि आफ्नो प्रस्तुती राखेका थिए।

यो बर्ष ४ जनालाई नै फाईनलमा लगिएको छ। यो विहिवारबाट एक साताका लागि भोट खुल्ला गरिने छ। 

कमेन्ट लोड गर्नुस