सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारमा स्थानीय तहहरुले मालपोत र नापीलाई समेत उछिने

२०७५ मंसिर २४, ०७:३० कमल सावद

भष्ट्राचारमा सुदूरपश्चिमका स्थानीय तहहरुले भ्रष्ट्रचारमा नापी र मालपोत कार्यालयलाई उछेलेका छन्। ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालको तथ्याङक अनुसार स्थानीय तहमा भष्ट्रचारको अवस्था भयाभहको रुपमा फैलिरहेको छ । स्थानीय तहका जनप्रतिनिधिले विकास र सेवा भन्दा मोजमस्ती र कमाउ धन्दालाई प्राथामिकता दिदा स्थानीय तहहरुमा भष्ट्रचार बढी देखिएको हो। उपभोक्ता समिति गठन, प्राविधिकसँगको मिलेमहतो, गाडी खरीद, कार्यक्रमका नाममा कार्यकर्ता पाल्नमा स्थानीय तहका जनप्रतिनिधिले भष्ट्रचार गरिरहेका छन्। 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नापी र मालपोत कार्यालयभन्दा बढी भ्रष्ट्रचार बढेको ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालको तथ्याङकले देखाएको हो। स्थानीय तहमा गरीएको सर्वेक्षणमा नापी र मालपोत कार्यालय कैलालीभन्दा स्थानीय तहमा भ्रष्ट्रचार बढी देखिएको छ। सन २०१८ को प्रारम्भीक तथ्याङक अनुसार कैलालीका स्थानीय तहहरुमा ४७ प्रतिशत भष्ट्राचार हुने गरेको छ । मालपोत कार्यालयमा ४३ प्रतिशत र नापी कार्यालयमा ४५ प्रतिशत भ्रष्ट्राचार हुने गरेको ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालको प्राम्भिक सार्वजनिक सेवा प्रवाहको रिर्पाेटले देखाएको ट्रान्सपरेन्सी इनटरनेशनल नेपालका कार्यक्रम संयोजक गगनराज घिमिरले बताए।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनको समयमा बढी रकम खर्च गर्ने र पछि त्यो रकम संकलन गर्न पनि भ्रष्ट्रचार हुने गरेको छ। उनीहरुले कार्यक्रतालाई पाल्नका लागि पनि भ्रष्ट्रचार हुने गरेको छ। स्थानीय तहको बजेट तथा कार्यक्रम बाँड्फाटमा समेत प्रतिशतका हिसावले भष्ट्रचार भईरहेको छ। ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालको तथ्याङक अनुसार  यातायात कार्यालयमा ४२ प्रतिशत, राजश्व कर कार्यालयमा ३८ प्रतिशत, प्रहरीमा ३५, शैक्षिक संस्थामा २० प्रतिशत, विद्युत प्राधिकरणमा २६ प्रतिशत, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य संस्थामा १८ प्रतिशत, भ्रष्ट्रचार भईरहेको छ। स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणमा आफै गर्ने, विकासका लागि आवश्यक पर्ने बजेट रकमान्तर गर्ने, कमिसन दिएमा चाँडो काम गर्ने लगायतका गतिविधिले पनि भष्ट्रचार बढेको प्रमाणित गरेको छ। धनगढी उप–महानगरपालिकाका उप–मेयर शुसिला मिश्र–भट्ट भने स्थानीय तहका काम कारवाहीमा सवैले निगरानी वढाउनुपर्ने बताउँछिन् । स्थानीय तहहरुमा जनप्रतिनिधि बिहिन भएकाले भष्ट्राचार रोक्न नसकिएको बताउँदै आएको थियो तर स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडादेखि नगर तथा गाँउपालिका र उप–महानगरपालिकामा भष्ट्रचार व्याप्त भएको छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस