सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिडिसिए कप : एनसिसि उपाधी नजिक

२०७५ मंसिर २३, ०८:३६ सीपी लोहीया

विनोद नाथको उत्कृष्ट अलराउन्डर प्रदर्शनले निंगलाशैनी क्रिकेट क्लव (एनसिसि) बैतडीमा जारी बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १८ औं संस्करणको फाईनलमा प्रवेश गरेको छ।  बुड्डाबाजे क्रिकेट मैदानमा आइतवार सम्पन्न सेमिफाईनलको खेलमा दशरथचन्द एकेडेमीलाई १५ रनले स्तब्ध पार्दै एनसिसि उपाधी नजिक पुगेको हो। 
पहिला ब्याटिंग गरेको एनसिसिले २०ओभरमा ७ विकेटको क्षतीमा १४१ रन बनायो । जसमा गजेन्द्र बोहराले ३८ तथा विनोद नाथले २२ रन बनाए। 
१४२ रनको लक्ष्य पन्छाएको एकेडेमी १२६ रनमा सिमीत रह्यो। जसमा जगदिश चन्दले ३८  रनको योगदान गरे।  एकेडेमीको पारी ध्वस्त पार्ने क्रममा एनसिसिका विनोद नाथ , ऋषिकेश बोहरा र दिपेन्द्र ऐरीले २ विकेट हात पारे। उत्कष्ट अलराउन्डर प्रदर्शन गर्दै व्यक्तिगत २२ रन तथा २ विकेट लिन सफल भएका एनसिसिका विनोद नाथ म्यान अफ द म्याच घोषित भए।  
यस्तै आइतवारनै सम्पन्न दोस्रो  सेमिफाइनल खेलमा यौंङ्गस्टार क्रिकेट क्लवलाई ३५ रनले स्तब्ध पार्दै कालाशैनी क्रिकेट क्लव पनि फाइनलमा प्रवेश गरेको छ । 
पहिला ब्याटिंग गरेको कालाशैनीले २० ओभरमा ७ विकेटको क्षतीमा १२१ रन बनायो। जसमा ललित चन्दले नटआउट ४१ रनको योगदान गरे। १२२ रनको लक्ष्य पन्छाएको यौंङ्गस्टार ८६ रनमा समेटियो। यौंङ्गस्टारका मुकुन्द क्षेत्रीले २४ तथा कप्तान मंगेश दयालले १७ रनको योगदान गरेपनि त्यो जितका लागी पर्याप्त हुन सकेन्। म्यान अफ दम्याच कालाशैनीका गोकर्ण चन्दले ४ तथा उत्तम चन्दले ३ विकेट हात पारे।  प्रतियोगिताको उपाधी भिडन्त सोमबार हुने भएको छ। 
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मङ्सिर १५ गतेदखि भईरहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको छ।  बिडीसिए  कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले बताए।  
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस