सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यकर्मीलाई प्राथमिक उपचार तालिम

२०७५ मंसिर २३, ०८:१८ खबर संवाददाता

नेपाल रेडक्रस सोसाइटी कैलालीको आयोजना तथा स्वास्थ्य मंत्रालयको चिकित्सा सेवा महाशाखा, स्वास्थ्य आपतकालीन कार्य विश्व संगठनको नेतृत्वमा र हयुमनीटी र इन्कुलुजन डेनिस रेडक्रसको सहयोगमा हब हस्पीटल पूर्व तयारी परिेयोेजना अन्तरगत आधारभूत प्राथमिक उपचार तालिम आजदेखी कैलालीको धनगढीमा सुरु भएको छ। ४ दिनसम्म संचालन हुने तालिममा कैलाली जिल्लाका उप–महानगरपालिका,नगरपालिका र गाँउपालिका अन्तरगत प्राथमिक स्वास्थ्य केन्द्र, स्वाथ्य चौकी र प्राइभेट अस्पताल गरि १३ पुरुष र १० महिला गरि २३ जना स्वास्थ्यकर्मीको सहभागिता रहेकोछ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति उत्तम जोशीको सभापतित्मा सम्पन्न भएको कार्यक्रममा हब हस्पीटल पूर्व तयारी परिेयोेजना अधिकृत आशिष शाहले कार्यक्रमको उद्देश्य वारे जानकारी दिए। 

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख भवानीदत्त जोशीले दूर्घटनामा परेका घाइतेलाई आतकालीन अवस्थाममा ज्ञान र सीप प्रयोग गरी प्राथमिक उपचारमा स्वास्थ्यकर्मी भूमिका रहने बताए। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति उत्तम जोशीले स्वास्थ्यकर्मीहरुले सेवा दिए पनि प्राथमिक उपचार तालिमले ग्रामीण क्षेत्र र सडक दूर्घटनामा घाइतेलाई आपतकालिन सेवा दिनुपर्ने बताए। कार्यक्रमको संचालन हेमराज जोशीले गरेका थिए। नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार प्रशिक्षक खगेन्द्र राज जोशी, भोज मन्नी, चन्द्र साँउद र रतन टमट्टाले कार्यक्रमको सहजीकरण गरेका थिए। भोज मन्नी

 

कमेन्ट लोड गर्नुस