सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्वाइस अफ नेपालमा उत्कृष्ट १६ मै टुङगियो शैलुको यात्रा

२०७५ मंसिर २२, ०९:५७ नवराज पनेरु

अन्तराष्ट्रिय रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करणमा सुदूरपश्चिमबाट उत्कृष्ट १६ सम्म पुग्न सफल एक्ली प्रितिस्पर्धी शैलु सिहको द भ्वाइस अफ नेपालको यात्रामा विराम लागेको छ। उनी उत्कृष्ट १६ बाटै प्रतियोगिताबाट बाहिरिएकी हुन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १ शिवनगरीकी सिंह भोट कम पाएपछि प्रतियोगिताबाट बाहिरिएकी हुन्। शैलुले स्वअभ्यासले सांगीतिक यात्रा अगाडी बढाएकी थिईन्। 
शैलुको पुख्र्यौली घर बझाङको छबीस पाथीभेरा गाउँपालिका वडा नम्वर ४ श्रीमातोला हो। स्थायी बसोबास धनगढी भएपनि उनी अहिले अध्ययनका क्रममा काठमाडौंमामा छिन्। कानुनमा स्नातक गरिरहेकी शैलुमा गीत गाउने कला ‘द भ्वाइस अफ नेपाल’ सुरु हुनु भन्दा पहिले सम्म एउटा कोठामै खुम्चिएको थियो। उनमा गायन कला छ भन्ने थाह परिवारलाई पनि थियो तर कानुनको विद्यार्थीलाई गायीका बनाउने लक्ष्य हुने त कुरै भएन। शैलुका बुवा जनक वहादुर सिंह, संगीत नसिकेरै छोरीले ठुलो सफलता पाएपछि अचम्मित थिए। शैलुको बुवा सिंह जिल्ला कारागार कैलालीमा लेखा अधिकृतको पदमा कार्यरत छन्। 
शैलुले अहिले सम्म ‘द भ्वाइस अफ नेपाल’ का विभिन्न चरणमा गीत गाउँदा उनको गायकीको निकै चर्चा भएको थियो। उनका कोच सनुप पौडेल मात्रै होईन अन्य कोचहरु प्रमोद खरेल, दिप श्रेष्ठ, अभयाले पनि उनको गायनीको चर्चा गरेका थिए। तर उनको भ्वाइसको यात्रा भने आजदेखि सकिएको हो। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस