सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिडीसिए क्रिकेट : “सुपर सिक्स” का ३ खेल सम्पन्न

२०७५ मंसिर २१, ०७:०९ सीपी लोहीया

बैतडीमा जारी बिडीसिए कप टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रबार “सुपर सिक्स”का ३ खेल सम्पन्न भएका छन्। जसमा एनसिसि, यौंङ्गस्टार र एकेडेमी  विजयी   भएका छन्। निंगलाशैनी खेल मैदानमा भएको पहिलो खेलमा दिपक बोहराको सतकिय पारीसंगै यौंङ्गस्टार मेलौलीलाई ६३ रनले स्तब्ध पार्दै निंगलाशैनी क्रिकेट क्लव (एनसिसि) विजयी भएको छ। पहिला ब्याटिंग गरेको एनसिसिले २० ओभरमा ५ विकेटको क्षतीमा २१३ रन बनाएको थियो। दिपक बोहराले ५१ बलमा नटआउट सय ५ रन बनाए।  दिपकले हानेको यो प्रतियोगिताकै पहिलो सतक हो। यस्तै गजेन्द्र बोहराले अर्धसतकिय पारी खेल्दै ४३ बलमा ६४ रन बनाए। २ सय १४ रनको बिशाल लक्ष्य पन्छाएको  यौंङ्गस्टारले १ सय ५० रन मात्रै बनाउन सक्यो। 
    यस्तै दोस्रो खेलमा नवजागृती क्रिकेट क्लव बसन्तपुरलाई ५ विकेटले पराजित गर्दै यौंङ्गस्टार विजयी भएको छ। पहिला ब्याटिंग गरेको बसन्तपुर ७२ रनमा समेटियो। ७३ रनको लक्ष्य यौंङ्गस्टारले ११ ओभरमा  ५ विकेटको क्षतीमा भेट्टायो। यौंङ्गस्टारका लागी ४ विकेट हातपारेका थिए। 
    उता बुड्डाबाजे क्रिकेट मैदानमा भएको खेलमा कालाशैनी क्रिकेट क्लवलाई १ विकेटले हराउदै दशरथचन्द एकेडेमी विजयी भएको छ। पहिला ब्याटिंग गरेको कालाशैनीले १२६ रन बनायो। १२७ रनको लक्ष्य एकेडेमीले ९ विकेटको क्षतीमा लक्ष्य भेट्टायो। प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुने भएका छन्। निंगलाशैनी खेलमैदानमा हुने खेलमा एनसिसि र बसन्तपुर भिड्दा बुड्डाबाजे क्रिकेट मैदानमा पञ्चकोटी र एकेडेमी आमनेसामने हुने भएका छन्। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस