सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा म्याद सकिएका औषधी

२०७५ मंसिर २१, ०६:४४

स्वास्थ्यकर्मीको चरम लापरवाही हुँदै आएको सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा प्रयोग हुने औषधी पनि म्याद सकिएको प्रयोग हुने गरेको पाईएको छ । चार महिनामा ६६ शिशुको मृत्यु भएको प्रसुती वार्डमा प्रयोग हुने औषधी पनि म्याद सकिएको प्रयोग भईरहेको पाईएको हो । स्वास्थ्यकर्मीको चरमा लापरवाही प्रति अस्पताल प्रशासन नै असन्तुष्ट रहेका वेला झन् औषधी पनि म्याद सकिएका प्रयोग हुन थालेपछि सुत्केरी र शिशुहरुको ज्यान झन जोखिममा परेको हो । 

कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट सुत्केरी हुन धनगढी ल्याईएकी गोमती जोशी लाई दुखाई कम हुने डिलोना नाम औषधी प्रयोग गरेपनि दुखाई कम नभएपछि औषधीको म्याद सकिएका औषधी प्रयोग हुनेृ तथ्य फेला परेको हो । गोमतीका श्रीमान महेशराज जोशीले आमा र बच्चाको स्वास्थ्यसँग स्वास्थ्यकर्मीले खेलवाड गरेको आरोप लगाए । 

यो पनि पढ्नुहोस्

सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा चरम लापरवाही, ४ महिनामा ६६ शिशुको मृत्यु

कमेन्ट लोड गर्नुस