सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवासी सुदूरपश्चिमेलीको भेला धनगढीमा

२०७५ कार्तिक २८, ०४:४२

सुदूर पश्चिम नेपाली समाजले सुदूर पश्चिममा सम्भावनाका बिषयमा छलफल गरेको छ । विभिन्न देशमा रहेका सुदूर पश्चिमेलीहरुले स्वादेशमै लगानी गर्ने बिषयमा छलफल गरेका हुन । उनीहरुले प्रदेशको व्यापारीक केन्द्र धनगढीमा सपिङ्ग सेन्टरमा सामुहिक लगानी गर्ने लगायतका बिषयमा छलफल गरेको अन्तराष्ट्रिय सुदूरपश्चिम नेपाली समाजका  महा–सचिव अमृत शाहीले जानकारी दिए । विगतका व्यक्तीगत रुपमा सहयोग गर्दै आएको सुदूर पश्चिम नेपाली समाजले अव भने सामुहिक रुपमा प्रदेशका वासिन्दाहरुको हितमा लगानी गर्ने निर्णय समेत गरेको छ। आगामी दिनमा सुपमा नै रोजगारी सृजना गरेर रोजगारी मुलक योजना बनाउने विभिन्न योजनाहरुको बारेमा पनि छलफल भएको वताईएको छ । छलफल कार्यक्रममा अन्तराष्ट्रिय सुदूर पश्चिम समाजका महा–सचिव अमृत शाही, अन्तराष्ट्रिय संयोजक चेतन थापा, मलेसियाका केन्द्रीय अध्यक्ष समीर मल्ल, सुदूर पश्चिम नेपाली समाज मलेसियाका संरक्षक प्रकाशदेव भट्ट, मलेसियाका पुर्व उपाध्यक्ष तथा संरक्षक रञ्जना भट्ट, भारत ब्यङलोर राज्य संयोजक निर्मला भाट, युएईका पुर्व अध्यक्ष शिवराज जैशी, भारत बिरार एरिया समिति सचिव ओम मन्नी, भारत मुम्बई समिति सचिव अर्जुन मुस्कान विसी, भारत महाराष्ट्रका अध्यक्ष  करन साउँद र भारत ब्यङलोर राज्य समितीका जनकराज अवस्थी लगायतको सहभागीतामा छलफल कार्यक्रम सम्पन्न भएको हो । 

कमेन्ट लोड गर्नुस