सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा नेपाली चेलीहरुको झगडा

। फोटो स्रोत ।
२०७५ कार्तिक ११, ०३:२८ खबर संवाददाता

युएईमा नेपाली चेलीहरुबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन। युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी हुन। छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन। घाइते तीनजनाको ठेगाना भने खुलेकोे छैन।

 
 

कमेन्ट लोड गर्नुस