सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंमा अपराधिक घटना रोक्न सुदुरपश्चिमको सुरक्षा व्यवस्था कडा

२०७५ कार्तिक १, ०१:४९ सीताराम ओझा

हिन्दुको महान चाड विजयादशमीमा हुन सक्ने सम्भावित अपराधिक घटना रोक्नका लागि सुदुरपश्चिम प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशका सवै जिल्लाहरुमा जिल्ला अनुसार र अन्य सम्भावित जोखिमहरुलाई हेरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न सुदूरपश्चिम प्रहरीले एकिकृत सुरक्षा योजना लागु गर्दै त्यही अनुसार शान्ति सुरक्षा कायम गरिएकोले ढुक्कसँग दशैं मनाउन प्रहरीले सवैसँग आग्रह समेत गरेको छ। 

दशैं तिहार लक्षित एकीकृत सुरक्षा योजना लागु गरेको प्रहरीले त्यही अनुसार नौ वटै जिल्लामा सुरक्षा व्यवस्थामा कडाई गरेको वताएको छ । दशै तिहारको समयमा चोरी डकैती, हत्या हिँसा सवारी दुर्घटना लगायतका कामहरु वढन सक्ने भएकोले त्यसको न्युनीकरण गर्नका लागि विशेष योजनाका साथ सुरक्षा दिने कार्यमा लागिरहेको वताएको हो । सुदूरपश्चिमका नौ वटै जिल्लाका विभिन्न स्थान उल्लेख गरेरै मातहतका निकायलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिईएकोले जिल्लाहरुमा त्यही अनुसार सुरक्षा प्रवन्ध मिलाईएको छ। सर्वसाधारणहरुलाई ढुक्कसँग दशै मनाउने गरी सुरक्षाको व्यवस्था मिलाईएको वताउँदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्दन माझीले सुरक्षा व्यवस्था कडा पारिएको बताए।

साइकल गस्तीदेखि हतियार सहितका सुरक्षाकर्मी परिचालन गरिएका छन । त्यस्तै सवारी साधन पुग्न नसकेका पहाडी जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई पैदल गस्तीमा खटाईएको छ । संवेदनशील स्थानमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएका छन । सीमावर्ती जिल्लाहरुमा हुन सक्ने सम्भावित अपराधिको न्युनीकरण गर्दै ढुक्कसँग दशैं मनाउने गरी सुरक्षा प्रवन्ध मिलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरले बताए। चाडपर्वका लागि गन्तव्यतर्फ जाने यात्रुहरुको चाप वढी हुने गरेको छ । जस कारण असुरक्षित रुपमा यात्रा गर्नुपर्ने वाध्यता रहदै आएको छ । कैलाली कञ्चनपुरदेखि सुदुरपश्चिमका ६ पहाडी जिल्लाहरुमा डडेल्धुरा हुँदै यात्रुहरु गन्तव्य पुग्ने गरेका कारण सवारी साधनलाई नियमानुसार चल्नका लागि छुट्टै कामहरु गरिरहेको डडेल्धुरा प्रहरीले जनाएको छ । क्षमताभन्दा वढी यात्रुहरु वोक्ने, तिव्र गतिमा गाडी चलाउनेलाई कारवाही गर्दै यात्रुहरुको सुरक्षित यात्राका लागि ठाउँ ठाउँमा चेकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव प्रहरी उपरीक्षक डम्मर केसीले बताए।

हिन्दु नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा प्रदेश नम्वर ७ को सुरक्षा अवस्थालाई चुस्त पारिएको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वका वेला हुनसक्ने विभिन्न घटनाहरुलाई मध्यनजर गरेर सदरमुकाममा मात्र नभई ग्रामीण क्षेत्रहरुमा पनि सरक्षा सर्तकता कडा पारिएको प्रहरीको दावी  प्रादेशिक प्रहरीका प्रबता  विक्रम चन्दले गरे।
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस