सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशु बली विरुद्धका स्वरहरु आए पनि बली प्रथा हट्न सकेन्

२०७५ कार्तिक १, ०६:१३ जनक विष्ट

हरेक वर्षझै यसपालीको दशैँमा पनि विभिन्न मठ मन्दिरमा लाग्ने मेलामा भगवानलाई खुशी पार्न भन्दै पशु बली दिईएको छ । तर यसको विरुद्ध आवाजहरु उठेपनि अझैसम्म हट्न सकेको छैन् । महाअष्टमी र महानवमी पर्वमा माता दुर्गाको प्रतिमामा पशुबली दिने परम्पराले निरन्तरता पाएको हो। तर पछिल्लो समय धर्मका नाममा पशु बली दिने प्रथाको विरोध हुन थालेको छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले पुश बलीलाई बढी महत्व दिने गरेकोमा पछिल्लो पटक विरोध हुन थालेको हो । धर्मका नामा पशुलाई बली चढाउने प्रथा जघन्य अपराध सरह भएकाले यसको अन्त्य गरेर विकल्प खोज्नुपर्नेमा जोड दिईएको छ। 

भगवानलाई खुशी पार्न बली दिनुपर्छ भन्ने कुरा कुनै शास्त्रमा उल्लेख नगरिएको भएपनि पशुबली दिनेप्रथा हिन्दुमाझ आदिम कालदेखी चली आएको प्रथा हो । हिन्दुहरुले बडा दशैँमा दुर्गामातालाई खुसि पार्न भन्दै पशु बली चढाउदै आएका छन् । खासगरी महाअष्टमी र नवमीका दिन सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पशु बली चढाउने गरिन्छ । तर पछिल्लो पटक धर्मका नाममा पशुको हत्या गर्नु जघन्य अपराध सरह भएको भन्दै पशु बली प्रथाको अन्त्य गर्नुपर्ने भन्दै विरोध हुन थालेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७८ वर्षिय पुष्करराज कुँवर बली प्रथाको विकल्प खोज्नुपर्ने वताउँछन् । 

आदिमकालदेखी चलि आएको पशु बली प्रथालाई एकै पटक विस्थापित गर्ने कुरा जटिल भएपनि यसको विकल्प खोजेर अन्त्य गर्दै लैजानुपर्छ । पछिल्लो समय विगतको तुलनामा पशु बली दिने प्रचलन कम हुदै गएको छ। अब राँगा, बोका, कुखुराको बलीको विकल्पमा नरिवल केरा गोपिण्डाको बली दिएर भगवानको पुजा आराधना गर्न तीर बढि ध्यान दिनुपर्ने जानकी यज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र रामजानकी मन्दिरका कोषाध्यक्ष द्धिजराज अवस्थीको सुझाव छ । हिन्दु धर्ममा आस्था राख्ने धेरैले त पछिल्लो समय पशु बली दिन छोडिसकेका छन्।

 

धर्मका नाममा पशुको बली चढाउनु अनुचित पापकर्म जस्तै लागेपछि पशु बली छोडेर त्यसको सट्टामा फलफूल चढाउने, नरिवल, केरा, गोपिण्डा लगायतको बली दिन थालिएको धनगढी उपमहानगरपालिका २ सरस्वतीनगरका मोहनसिह कुँवरले वताए । सुदूरपश्चिम प्रदेशका धेरै धामिर्क स्थलहरुमा पर्वका बेला पशु बली दिने प्रचलन छ । यसवर्ष पनि डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको देहिमाण्डौँमा रहको निङगलाशैनी  भगवती मन्दिर, पाटनको उदयदेव मन्दिर, दार्चुलाको लटिनाथ, डोटीको शैलेश्वरी, बाजुराको बडिमालिका लगायतका  शक्तीपीठमा ठूलो संख्यामा पशुबली दिईएको छ । 
  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस