सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस र कार एक आपसमा ठोक्किदा ७ जना घाईते

२०७५ असोज ३१, ०१:०४ खबर संवाददाता

कैलालीको बर्दगोरीया गाउपालिका वडा नम्वर १ कट्टीपरमा बस र कार एक आपसमा ठोक्किदा ७ जना घाईते भएका छन । पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र विपरित दिशाबाट गईरहेको एच.आर.१२ ए.ई.०४७६ भारतीय नम्बरको कार एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा कारका चालक सहित कारमा सवार ६ र बसमा सवार १ गरी ७ जना घाईते भएका छन । उनीहरुको अवस्था सामान्य रहेको र बर्दगोरिया अस्पताल बौनीयामा उपचार भईरहेकोे प्रहरीले जनाएको छ । तिव्र गतिका कारणे दुर्घटना भएको प्रहरी भनाई छ । बस र कार प्रहरीको नियण्त्रणमा रहेको छ । 

घाईते हुनेहरुमा पाडीणी गाउपालिका– ५ अर्घखाँचीकी ३५ बर्षीया गीता नेपाली, सोही ठाउका ४२ वर्षीय हेमन्त भुसाल, १० बर्षीय युवराज नेपाल, ९ बर्षीय माधव नेपाल, बनदगंगा नगरपालिका–२ जितपुर कपिलवस्तुका ४२ बर्षीय विजय ढुंगाना, सोही ठाउँका ३९ बर्षीय कार चलाक धनपत गैरे र कैलालीको घोडाघोडी नगरपालिका– १० पहलमानपुका ४२ बर्षीय लक्षमण जोशी रहेका छन । 

 

कमेन्ट लोड गर्नुस