सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैं मान्नका लागि घर जानेको ओईरो

२०७५ असोज ३१, १२:५२ नवराज पनेरु

हिन्दुहरुको महान पर्व दशैले घर आगनमा पाईला टेक्नै लागेका वेला आफ्नो घर फर्किनेको ओईरो लागेको छ । रोजगारीका लागि विदेशिएकाहरु मात्रै होईन, विभिन्न कारणले घरभन्दा टाढा स्वदेशमै भएकाहरु पनि घर फर्किरहेका छन् । वसपार्कहरुमा घर जानेको निकै घुईचो वढेपछि यातायात व्यवसायी समितिहरुले विभिन्न रुटहरुमा वस सेवा समेत थपेका छन् । वर्षभरी विभिन्न काममा व्यस्त हुने नेपालीहरु मध्ये कोही महान चाड दशैमका लागि घर फर्किसकेका छन् त केहि घर जाने तयारीमा जुटेका छन् । 

धनगढी वसपार्कमा र सुदुरपश्चिमका प्रमुख सिमा नाका गौरीफन्टा र गडड्चौकीमा केही दिनयता घर जानेहरुको निकै भिडभाड छ। धनगढी वसपार्कमा कोही टिकटका लागि धाईरहेका छन त कोही वर्षाैपछि घर जान पाउदा हर्षित छन्। देश भित्र र वाहिर गएका सुदुरपश्चिमेलीहरु पनि यतिवेला जन्मभुमी फर्किरहेका छन् । डोटी बोगटानका दीपक परियारलाई भारतको पन्जावमा मजदुरी गर्न थालेको बर्षाै भयो । यो विचमा परियारले धेरै पटक विजयादशमी आफ्नो घर परिवारसंग मनाउने मौका पाएनन्। यसपाली विदा पाएर घर परिवारसँग दशै मनाउने मेसो मिलेको छ उनलाई । समय र परिस्थितिका कारण थातथलो छोड्न वाध्य सुदूरपश्चिमेलीहरु दशैँको अवसर पारेर एकजुट हुने गरेका छन् नै दशैले घरपरिवार साथीभाईसँग भेटघाट गर्ने अवसर पनि मिलाउने गरेको छ। लामो समयपछि घरपरिवारसंगै दशै मनाउन घर फर्किन पाउदा धेरैको मन फुरुङग थियो। 

दशैमा टिका आदान प्रदान, खानपिन र राम रमिताको रौनकसगै परिवार र पुराना दौतरीहरुसंग रमाउन धेरैलार्य हतार भईरहेको छ। भारतका विभिन्न शहर र खाडी मुलुकमा मजदुरी गर्न गएका र स्वदेशमै ब्यापार तथा अध्ययनको सिलसिलामा विभिन्न ठाउमा छरिएर रहेका धेरै सुदूरपश्चिमेलीहरु दसैका लागि घर फर्किरहेका हुन्। जसले गर्दा प्रायजसो सुनसान देखीने सुदुरका गाउहरुमा अहिले चहलपहल वढेको छ नै बर्षौदेखिको पिर मर्का र दुखसुखहरु साटासाट गर्ने मौका पनि जुरेको छ । 

वर्षाैदेखी छुिट्टएको परिवार र आफन्तजनसंग एउटै समयमा भेटघाट हुने भएकाले पनि घर जाने समय दशै नै पहिलो रोजाईमा पर्दै आएको छ। तर दशैँका बेला सार्वजनिक सवारी साधनमा भिडभाड हुने र क्षमता भन्दा बढि यात्रु राख्ने परिपाटी पनि छ। ज्स्ले दुर्घटनाको जोखिम पजिन बढाईदिने गरेको छ। त्यसैले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु नराखौ र राख्न नदिनका लागि सवै सजक बन्न आवश्यक छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस