सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी धनीको ईच्छा अनुसार चल्दा दशैँमा आवतजावतमा झनै सास्ती हुने

सार्वजनिक सवारीका साधनहरु क्यू फ्रि

२०७५ असोज ३१, ०८:४५ कमल सावद

सुदूरपश्चिममा सार्वजनिक सवारीका साधनहरु क्यू फ्रि मा छोडेर यातायता समितीहरु जिम्मेवारीबाट पन्छिएपछि दशैँमा आवतजावतमा झनै सास्ती हुने देखिएको छ । सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट दैनिक रुपमा सेवा दिदै आएका सुदूरपश्चिम, कर्णाली, मालिका यातायात समितीहरुले बुधबार देखी क्यु फ्रि मा बस छोड्ने निर्णय गरिसकेका छन्। अव न टिकट काउण्टरमा टिकट पाईने छ न रुट अनुसार बस सञ्चालन हुनेछन् न त सवारी धनीलाई बस चलाउनै पर्ने बाध्यता हुने छ। क्यू फ्रिकै कारण बुधवार, विहिवार सम्म घर जाने तयारीमा रहेकाहरुलाई सास्ती हुने देखिएको छ। तर सुदूरपश्चिम यातायात समितीका अध्यक्ष पदम सापकोटाले प्रत्येक बर्ष जसो यो बर्ष समेत क्यु फ्रि छोडिएको बताए।
हुन त धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु तथा तराई क्षेत्रमा समेत क्यु फ्रिको समयमा बसहरु सञ्चालन हुने गरेका छन। न्युन मात्रामा बस सञ्चालन हुने र यात्रु धेरै हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम समेत बढि हुने गरेको छ। दशैंको दिन कर्मचारी खटाएर टिकेट काट्न नसकिने यातायात समितीहरुले बताउँदै आएका छन्। कर्णाली रिभर यातायात समितीका अध्यक्ष धिरज शाहीले सार्वजनिक सवारीका चालक तथा सवारी धनीहरुले दशैं मनाउनु पर्ने अभिव्यक्ती दिए। 
सार्वजनिक यातायातका लागि निजी क्षेत्रका व्यवसायीको भर परिएको अवस्थामा चाडवाड र अप्ठ्यारो परिस्थितिमा जिम्मेवार भएर काम नगर्दा सयौँ यात्रुले दैनिक दुःख झेल्नु पर्ने देखिन्छ। बसहरुलाई क्यु फ्रि छोडिदा यातायात व्यवासयहरुले बस सञ्चालनका लागि यातायात कार्यालयबाट पटके स्वकृत लिनुपर्ने हुन्छ र ईच्छा भएको क्षेत्रमा बस सञ्चालन गर्न पाउछन। यो समयमा सार्वजनिक यातायातका व्यवसायीहरुको मानोमानी हुन्छ। उनीहरुले ईच्छा नभए यात्रुलाई बाटोमै छोड्ने, मनलाग्दै भाडा असुल्ने गरेका छन्। 
यस क्षेत्रका यातायात व्यवसायी समितीले सवारी धनीको चाहना अनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउने प्रणाली लागु गर्न लागेको हो। जस्ले गर्दा दशैँमा सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउने समस्या देखिने छ भने यात्रुहरुलाई आवत–जावतमा समस्या हुने देखिएको हो। क्यू फ्रि भएसंगै सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँने, मनपरी भाडा संकलन गर्ने समस्या आउने गरेको छ। सवैभन्दा ठुलो पर्वकै दिन सडकमा सवारी नपाउँदा यात्रुहरु अलपत्र पर्ने समस्या छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस