सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दशैंमा ईन्धन अभाव नहुने दावी

२०७५ असोज ३०, ०७:४६ कमल सावद

नेपाल आयल निगमले सुदूरपश्चिममा दशैँको अवधीमा ईन्धन अभाव नहुने दावी गरेको छ। दशैको ५ दिन  बिदा छ। यो अवधिमा सधै इनधनको आयात हुने छैन्। सुदूरपश्चिम प्रदेशमा दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल आवश्यक पर्ने गरेको गरेको छ। आईतबारसम्मका लागि सुदूरपश्चिममा ७ लाख लिटर पेट्रोल र २१ लख लिटर डिजेल आवश्यक पर्ने देखिएको छ। दशैंको अवधिमा पाँच दिन सरकारी विदा हुने र सो समयमा ईन्धानको आपुिर्त नहुने भएकाले ईन्धनको अभाव हुँदै आएको छ। तर नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले भने ईन्धनको प्रर्याप्त भण्डार रहेको बताएको छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सुर्यराम शर्माले मागेजति पेट्रोलिम पदार्थ दिएको बताए।
सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिलरहरुमा मागे जति प्रेटोलियम पर्दाथ आयल निगमले दिएको छ । सुदूरपश्चिममा ९४ ओटा आयाल निगमका डिलर रहेकोमा चार बन्द छन । ९० बढि डिलर सञ्चालनमा रहेका छन । ती सञ्चालनमा रहेका डिपोहरुमा समेत पेट्रोलियम पदार्थ पठाईएको छ । ट्याक्टर चालकहरु ईन्धन लिनका लागि वन्थरा डिपोतिर लागेका छन् । सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ आपुर्तिका लागि भारतको बन्धरा डिपो सोमबार समेत ट्यांकर पठाईएको छ । भारत जान लागेका टङयाकरका सह–चालक गोपाल चौधरीले आज भारतको बन्धरा डिपो जाने बताए। हिजो गएको ट्याङकर भोलि आउछ र आज गएको पर्साी आउछ, उनले भने।
२५ ओटा ट्याङकर भारतको बन्थरा डिपोबाट सोमबार धनगढीका लागि हिडेका छन् । १० ट्याङकर पेट्रोल र १५ ट्याङकर डिजेल आयात भईरहेको हो । बुधबार समेत भारतबाट पेट्रोलियम पदार्थ आयतका लागि ट्याङकर पठाईने नेपाल आयल निगम क्षेत्रीय कार्यालयले जनाएको छ । ट्याङकरका टाढाका चालक मात्र दशैंको बिदामा गएका तर अन्य ट्याङकर चालक भारतबाट पेट्रोलियम पदार्थ आयम गरिरहेका छन। भाेली पनि बितरण गर्दै छौ। चार दिन बिदा हुन्छ। शर्माले भने, भेलि आएका ट्याङकरको पेट्रोलियम पदार्थ आईतबार बितरण गर्ने छौ।  
सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको क्षेत्रीय कार्यालयमा १४ लाख लिटर डिजेल भण्डार क्षमता रहेको छ । यो ५ दिनको लागि पुग्ने अनुमान आयल निगमकोे छ । पेट्रोलको भने ७० हजार लिटर मात्र भण्डारण क्षमता रहेको छ। दशैंको समयमा पेट्रोल प्रयोग हुने सवारीका साधन बढि प्रयोग हुने भएकाले पेट्रोलको समस्या हुने देखिएको छ। आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख सुर्यराम शर्माले पेट्रोल भारतबाट ल्याउने र ट्याङकरबाटै वितरण गर्दै आएको बताए।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुका लागि ४० ट्याङकर पठाइएको छ। पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव नहुने आयल निगमले बताएको छ। असोज ३१ गते पनि भारतबाट आयत हुने पेट्रोलियम पदार्थ बोकेका ट्याङकरलाई भन्सार भित्रिन दिने सहमती भन्सार कार्यालय र बैंकहरुसंग भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ। 
सुदूरपश्चिम प्रदेशमा दशैंको समयमा ईन्धनको अभाव नहुने नेपाल आयल निगमले दावी गरेको छ। दशैंको समयमा सरकारी कार्यालयहरु बन्द हुने र ईन्धनको हाहाकार हुन नदिनका लागि मौजदात राखिएको आयल निगमको भनाई छ। तर पेट्रोलको भने केही समस्या आउन सक्ने देखिएको छ। आयल निगम क्षेत्रीय कार्यालयले थप ईन्धनको आपुिर्त गर्न ट्याक्टर भारतको वन्थरा ढिपो पठाएको छ भने वुधवार थप ईन्धन आयात पनि हुने भएको छ। दशैंको समयमा चार दिन सरकारी विदा हुने र सो समयमा ईन्धनमा समस्या हुने भन्दै आयल निगमले भारतबाट ईन्धनको प्रर्याप्त आयात गरेको बताएको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस