सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा रवि ओड र नायिका दिपिका प्रसाईको नागरिक अभिनन्दन

२०७५ असोज २९, ०३:१२ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा चर्चित नायीका दिपिका प्रसाई र सांगीतिक रियालीटि शो नेपाल आयडलको उत्कष्ट ९ मा पुग्न सफल रवि ओडको नागरिक अभिनन्दन गरिएको छ। गोदावरी चेम्वर अफ कमर्सको आयोजनामा नागरिक अभिनन्दन गरिएको हो। सो अवसरमा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउदले दुवै जनालाई शुभकामना दिए। ओडलाई भोट माग्दै पञ्चेबाजा सहित नगर परिक्रमा पनि गरिएको थियो भने नायीका प्रसाईले पनि अभिनयको माध्यमले अत्तरियाको नाम देशभरी चिनाएको भन्दै नगर परिक्रमा गरिएको हो। छक्का पन्जा ३ कि नायीका प्रसाईको घर अत्तरिया नै हो।

कमेन्ट लोड गर्नुस