सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक साहसी चेलीको गजबको कथा

मेरो कथा–श्रृंखला ०८

२०७५ असोज २९, ११:५३ आरजु

जन्मिदा नै भगवानले एउटा हात पठाएन, सम्झना भएदेखि नै समाजमा सवैले अपहेलना गरे, जव आफ्नै खुट्टामा उभिने भईन फेरी पनि समाजले कुरा काट्न छोडेन। तर पनि कैलाली चौमलाकी कोमल नेपाली (डान्सर) को संघर्ष जारी छ। विकट जिल्ला बाजुरामा जन्मिएकी कामलले कक्षा २ मा अध्ययन गर्दा स्कुलमा आयोजना भएको नृत्य प्रतियोगितामा भाग लिने मनसायका साथ नाम लेखाईन्। तर स्कुलकै शिक्षिकाले एउटा हात नभएकी केटीले कसरी नृत्य गर्न सक्छे ? भनेर नृत्य प्रतियोगितामा सहभागिता जनाउँन दिईनन्। 

त्यहि दिन कोमललाई लाग्यो मैले तीनै शिक्षिकालाई देखाउन भए पनि केहि गर्न पर्छ। एउटा हात नभएर के भो र कोमलको मनको आँट एक इन्च घटेन र उनी अहिले लगातारको संघर्षले देश विदेशमा आफ्नो नृत्य प्रस्तुत गर्न सफल भएकी छिन्। अहिले उनको नृत्यमा रमाउनेको जमात बढेको छ तर समाजमा कुरा काट्नेहरुको जमात घट्न सकेको छैन्।

एउटा हात नभएकी केटिले देश विदेशमा कार्यक्रम पाउनको रहश्य बारे समाजले कोमल र आफन्तहरुलाई बेला–बेला प्रश्न गरेकै हुन्छ। तर कोमलको संघर्ष भने कसैले कुरा काट्दैमा रोकिने छैन्। 

कमेन्ट लोड गर्नुस