सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कालाजारका बिरामी भेटिए

२०७५ असोज २९, ०७:१३ प्रकाश सिंह

तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सत्य शाहीले वताए।

कालाजारबाट ७ महिना पहिले एक जना वालिकाको मृत्यु समेत भएको स्वास्थ्य केन्द्रले वताएको छ । पहिले स्वामीकार्तिक गाँउपालिका– ५ जेराका १३ बर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौको कान्ति वाल अस्पतालमा मृत्यु भएको थियो । साउन यता पनि दुई जना बिरामी भेटिएको र उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाईएको डाक्टर शाहीले वताए।

स्वामिकार्तिक गाँउपालिका–५ जेराका ११ बर्षिय कञ्चना शाही र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा की ३ बर्षीया करिश्मा भण्डारीलाई यो रोग देखा परेर उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो। उनलाई पनि उपचारका लागि नेपालगंज पठाईएको छ।

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस