सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको साँफेबगर विमानस्थलमा १३ बर्षपछि हवाई उडान

२०७५ असोज २८, ०३:०४ खबर संवाददाता

हवाई सेवा बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा नियमित हवाई उडान सुरु भएको छ। नेपाल वायु सेवाको विमानले आज पहिलो उडान भरेको छ। नेपालगञ्जदेखि अछामको साफेवगर विमानस्थलमा सरकारी ध्वजावाहक विमान कम्पनीले सेवा सुरु गरेको हो। पहिलो उडानमा १८ जना यात्रु साँफेबगर पुगेका थिए भने साँफेवगरबाट १२ जना यात्रु नेपालगञ्ज गएका छन्। 

जेठ ११ गते नेपालगञ्जबाट समिट एयरको विमानले विमानस्थलमा गरेको परिक्षण उडानले विमानस्थल उपयुक्त भएको ठहर गरेपछि हवाई सेवा सञ्चालन गरिएको हो। २०६२ सालदेखि पूर्ण रुपमा बन्द भएको साँफेबगरमा नेपालगञ्जदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हप्तामा दुई पटक हवाई उडान भर्नेसाँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले बताए। 

२०५८ फागुन ४ मा तत्कालिन नेकपा माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द भएको थियो। विचमा केही सयम सञ्चालनमा आएपनि पछि फेरि २०६२ सालदेखि भने पुर्ण रुपमा वन्द रहेको थियो। निजि विमान कम्पनीले हवाई सेवा दिन आनाकानी गरेका वेला सरकारी स्वामित्वको विमान प्रदायक कम्पनीले सेवा सुरु गर्न लागेको हो। हप्ताको आईतवार र वुधवार हप्तामा दुई उडान भर्ने सहमति भएको नेपाल वासुसेवा निगमका निमित्त प्रमुख किरणमान श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस