सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाद्धारा ज्येष्ठ नागरिकलाई सम्मान

२०७५ असोज २७, ०६:५६ खबर संवाददाता

नेपालीहरुको महान चाड विजयी दशमीको अवसरमा विवेकशील साझा पार्टीले धनगढीमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। विवेकशील साझा पार्टी कैलाली जिल्ला संयोजन समितिको आयोजनामा भएको ज्येष्ठ नागरिक सम्मान तथा दशै आर्शिंवाद ग्रहण समारोहमा धनगढी उप–महानगरपालिकाका १९ वटै वडाका १ सय ८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।

विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल, उप संयोजक दिनेशराज भण्डारी, प्रवक्ता दानबहादुर रावल र जिल्ला संयोजक प्रकाशचन्द्र भट्टले ज्येष्ठ महिलालाई सल र ज्येष्ठ पुरुषलाई ढाका टोपी लगाएर सम्मान गरे।

धनगढी नगर संयोजक राजेश भाटले स्वागत गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका तर्फबाट गोदाबरी धामका सचीव हरिलाल गिरि, पुर्ब शिक्षा निर्देशक नन्दराज पन्त र कैलाली ज्येष्ठ नागरिक समितीका अध्यक्ष दिब्यदेब पन्तले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक समाज कैलालीका अध्यक्ष पन्तले ज्येष्ठ नागरिकप्रतीको सम्मान हराउदै गएका बेला विवेकशील साझा पार्टीले सम्मान गरेकोमा खुशि व्यक्त गरे। कार्यक्रम सञ्चालन वडा नम्बर ४ संयोजक सिद्धराज पनेरुले गर्नुभएको थियो भने समापन बिबेकशिल साझा पार्टीका सदस्य केशब पौडेलले गरेका थिए। 

कमेन्ट लोड गर्नुस