सुदूर नेपाललाई विश्वसँग जोड्दै

ह्वाई नट नेपाल ?

२०७५ असोज २७, ११:२८

केही बर्ष अगाडी सिलगढी जाने अवसर जु¥यो । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजका कार्यकारी निर्देशक डाक्टर दिपक प्रकाश महराले वर्षेनी गर्दै आएको स्वास्थ्य शिविर र उनकै पहलमा दुई विद्यालयलाई अमेरिकाको रोलिन्स कलेजका विद्यार्थीहरुले गरिरहेको सहयोगका वारेमा राम्रैसँग वुझ्ने मौका पाईयो ।  भरखरै गहिरो सम्वन्ध वनेका धनगढीको एक गैरसरकारी संस्था असहाय सेवा संघमा कार्यरत धर्मराज जोशीसँगै सिलगढीको वसाईमा नेपालकै हट्टी रोग विशेषज्ञ डाक्टर महराको शैली र सामान्यपनले उनीसँग अझ निकट हुने अवसर जुटायो । साधा जीवन उच्च विचारवाट प्रभावित डाक्टर महराले गर्ने व्यवहार हिड्दै गर्दा वाटोमै उनले विरामीलाई गर्ने सहयोग र जो कोहीसँग मिठो मुस्कान सहित वोल्ने वानीले म उनको फ्यान नै वने । 
    पाँच दिने वसाई कार्यक्रमकै वारेमा वुझ्न र हेर्नमा वित्यो । वर्षेनी उनी अध्यक्ष भएको उनको संस्था सगरमाथा स्वास्थ्य प्रतिष्ठानले गर्ने स्वास्थ्य शिविरका लागि कसैले सहयोग नगरेपनि उनको ाकममा पुर्ण विराम लागेको छैन । सवैले गर्ने ससाना सहयोगले शिविरहरुले निरन्तरता पाईरहेका छन । उनले भने– कसैले औषधी दिन्छ, कसैले जनशक्ती त कसैले सक्दो सहयोग । शिविरवाट डोटीका धेरै विपन्न र गरीव मात्रै होईन उपचार पाउन नसकेकाहरु लाभान्वित भईरहेकै छन तर यो पंक्तीकारले भुमिका वाँधे पनि कुरा अर्कै विषय गर्न खोजेको हो । 
    डोटीको सिलगढीमा रहेको जिल्ला प्रशासनको अगाडी रहेको वाल मन्दिर प्राथमिक विद्यालयमा एक सातासम्म छुट्टै रौनक थियो । विदेशी मुलका १२ जना विद्यार्थीहरु विद्यालयको मुहार फेर्नका लागि लागिरहेका थिए । कोही कक्षा कोठाका भित्ताहरु रंगाईरहेका थिए त कोही वगैचा वनाईरहेका थिए । कोहीलाई भने विद्यार्थीहरुलाई दिनका लागि किताव कापी पोशाक लगायतका दैनिक जीवनमा प्रयोगमा आउने सामाग्री मिलाउन भ्याई नभ्याई भईरहेको थियो । उनीहरुले ६ दिनमै आफ्नो काम सम्पन्न गरेपछि दौडधुप कम भयो । अन्तिम दिनमा उनीहरुले विद्यार्थीहरुसँग खेलेरै आधा दिन विताएपछि आफुले ल्याएका शैक्षिक सामाग्री उनीहरुले विद्यार्थीलाई हस्तान्तरण गरे । 

१२ जना विद्यार्थी लागेर काम थालेपछि हिलोमैलो भएका भित्ताहरु रंगीन भए । घाँसे मैदान सुन्दर देखियो झाडी वगैचामा परिवर्तन भयो । सवै देखेर वाल मन्दिर प्राविधका विद्यार्थी र शिक्षकहरुमा खुशीको संचार भयो । उनीहरुले यस्तो कार्य यसपाली मात्रै होईन विगत चार वर्षदेखि गर्दै आएका छन । अमेरिकाको फ्लोरिडा राज्य स्थित रोलिन्स कलेजका विद्यार्थीहरुले खाजाको पैसा वचाएर यस्तो सहयोग गर्दै आएका छन ।  उनीहरुले सन् २०१० देखि २०१४ सम्ममा सिलगढी स्थित वालमन्दिर प्राथमिक विद्यालय र पद्म पव्लिक मुक्तीनारायण उच्च माविलाई पठनपाठनमा सहयोग गरेका छन । उनीहरुले गरेको सहयोगले विद्यालयहरुलाई पठन पाठनमा सहजताका साथै शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको छ । 
अध्ययनका क्रममा खाजा वापत वचाएको रकम संकलन तथा कोष स्थापना गरी उनीहरुले दुवै विद्यालयमा पुर्वाधार विकास तथा शैक्षिक सामाग्रीहरुमा सहयोग गरिरहेका छन तर उनीहरुको सहयोगलाई नेपालमा त्यो पनि डोटीमा भने त्यत्तिक्कै आएको होईन । डाक्टर महराका जेठा छोरा आदित्य पढ्नका लागि अमेरिकमा गएपछि उनकै पहलमा सहयोगको सिलसिला सुरु भएको डाक्टर महराले भ्रमणकै सिलसिलामा वताए । मलाई थप कौतुहल्ता लागेपछि उनलाई सोध्दै गए उनले पनि कुनै झर्को नमानेर मेरा ज्ञिज्ञासालाई मेट्दै गए । 
डाक्टर महरा २०१७ सालमा डोटीको सिलगढीमा जन्मिएका हुन । उनले निमाविसम्मको पढाई घरमै गरेपछि मावि तहको अध्ययनका लागि काठमाण्डौ पुगेका उनी २०३३ सालमा फर्पिङ विद्यालयमा नेपाल तेस्रो भएका थिए । त्यसपछिका दिनमा उनी जन्मस्थान फर्किने कुरै भएन । उनी डाक्टर हुँदै विशेषज्ञता हासिल गरिरहेकै उनका छोराहरु पनि हुर्किसकेका थिए । उनका जेठा छोरा आदित्य पढ्नका लागि रोलिन्स कलेजमा पुगे, जुन कलेजवाट भारतीय युवा नेता तथा काग्रेंस आईका उपाध्यक्ष राहुल गान्धी लगायतका विश्वका धेरै चर्चित व्यक्तीत्वहरुले अध्ययन गरेका थिए । 
विश्वका धेरै मुलुकवाट छानिएर पढनका लागि सो कलजेमा जाने विद्यार्थीहरुलाई स्थलगत अध्ययनका लागि भ्रमणमा लैजाने गरिएको छ । सन् २०१० मा पनि आर्थिक विपन्नता र गरीवीका वारेमा कहाँ जाने भनेर विद्यार्थीहरुवीच छलफल भयो । कसैले ईथियोपिया, युगान्डा, अफ्रिका लगायतका देशहरुको नाम लिए । एक्ला नेपाली विद्यार्थी आदित्यको मुखवाट भने ह्वाई नट नेपाल अर्थात नेपाल किन नहुने भन्ने शव्द फुत्किहाल्यो । उनीहरुकी प्रोफेसर पनि दक्षिण भारत तमिलनाडुकी हुँदा उनलाई गरीवी के हो भनेर वुझेकी थिईन् उनले पनि सहमति जनाईनन् । 

 

नेपाल जाने पक्का भएपछि आदित्यलाई रातभरी निद्रा लागेन के गर्ने कसरी गर्ने भनेर निकै आत्तित्यो सुरुवातका दिन सम्झदै डाक्टर महरा भन्छन– मलाई फोन गरेर सवै कुरा भनेपछि चिन्ता नगर, म छु नि भने । उनका अनुसार वर्षेनी रुपमा हुँदै आएको शिविर अन्तर्गत डोटीको खप्तडमा गरिएको शिविरमा आदित्य पहिलो पटक काठमाण्डौवाट दुर्गम आएका थिए र सोही अवधिमा उनले गरीवी र आर्थिक विपन्नताको पिडा महसुस गर्ने मौका पाएका थिए । 
नेपाल जाने पक्कापक्की भएपछि फेरी कुन ठाउँ जाने भने वहस भयो । उनीहरुले पोखरा काठमाण्डौ जोमसोमका नामहरु सुनेका कारण त्यतै जाने कुरा अगाडी वढ्यो आदित्यले तत्कालीन घटना सुनाए– वुवासँग सल्लाह गरेपछि नेपालको पनि राजधानीवाट टाढा विकट र सुख वढी भएको स्थान हो डोटी भनेर भनेपछि त्यस्तै योजना वनेको थियो । उनलाई भ्रमणको नेतृत्व मात्रै दिईएन की सहयोग गर्नका लागि रकम संकलनको पनि संयोजक वनाईयो । उनी र उनका सार्थीहरुले खाजाको रकम संकलन गरेर ६५ हजार अमेरिकी डलर जम्मा पारियो । कलेजका विद्यार्थी र एक जना प्रोफेसर सहित नेपाल आएको टोलीको निरन्तरता यसपाली पनि रह्यो । उनीहरुले प्रत्येक वर्ष आएर वाल मन्दिर प्रावि र पद्म पव्लिकमा विभिन्न कामहरु गर्दै आएका छन । धर्तीको स्वर्ग मानिने खप्तडमा गरिएको स्वास्थ्य शिविरमा लैजाँदा देखेको दृश्यका कारण नै यो क्षेत्रमा विद्यार्थीहरुको लगानी आएको डाक्टर महराको ठहर छ ।

 

डाक्टर महराले गृह जिल्लामा २०५२ सालमा स्थापना गरेको सगरमाथा स्वास्थ्य प्रतिष्ठानको पहलमा लगातार रुपमा चार वर्षदेखि नेपाल आईरहेका विद्यार्थीहरुले भौतिक पुर्वाधार निर्माणका साथै मर्मत सम्भार र शैक्षिक सामाग्रीहरु प्रत्यक्ष रुपमा भेटेर दिने गरेका छन । उनीहरुले यसपालीको वसाईमा वाल मन्दिर प्रावि कक्षा कोठा रंगरोगन, वगैचा निर्माण, मर्मत सम्भारका कामहरु गरेका छन । वाल संगठनले संचालन गरेको विद्यालयमा आर्थिक अवस्था कमजोर भएका दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने र दलित समुदायका अधिकांश वालवालिकाहरुले अध्ययन गर्ने गरेका छन । सो विद्यालयमा विद्यार्थीले संकलन गरेको रकमवाट सौचालय र कार्यक्रम हल यसअघि निर्माण गरिएको थियो । 

 

प्रत्येक वर्ष विद्यार्थीहरुलाई स्टेशनरी पोशाक झोला र विभिन्न सरसफाईका सामाग्रीहरु पाउँदा अभिभावकहरु प्नि दंग भएका छन । आर्थिक अवस्थाका कारण छोराछोरीको पढाईमा राम्रो व्यवस्था नभएका कारण वर्षेनी हुने सहयोगले अभिभावकलाई निकै फाईदा गरेको छ विद्यालय व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले भने– अरु विद्यालयमा पढने छोराछोरीहरुलाई पनि हाम्रो विद्यालयमा भर्ना गर्ने लहर चलेको छ । विद्यार्थीहरुले गरेको सहयोगले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि भएको र विद्यार्थीहरुको विद्यालय आउने दर वढ्ेको छ । समस्याहरुसँग जुधिरहेको हाम्रो विद्यायलाई आजभोली संचालन गर्न मदत्त मिलेको छ वालमन्दिर प्राविका प्रधानाध्यापक विजय श्रेष्ठले भने– नियमित पढन आउने, उत्तिर्ण हुने दर पनि उकालो लागिरहेको छ । 

वाल मन्दिरभन्दा केही पर शैलेश्वरी मन्दिरको तलतिर रहेको पद्म पव्लिक मुक्तीनारायण उच्च माविको मुहरा फेरिएको छ । डाक्टर महराले निमावि तहको पढाई गरेको विद्यालयमा पनि विद्यार्थीहरुले छात्रा सौचालय, आराम कक्ष वनाई दिएका छन । । शुद्ध खानेपानीको व्यवस्थासँगै पठन पाठनका लागि आवश्यक शैक्षिक सामाग्री र ल्यापटप सहयोगले विद्यार्थीहरु हौसिएका छन् । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विदेशवाट आउने अर्वौ लगानीको प्रभावकारीतामा चित्त नवुझाएको अवस्थामा अमेरिकी विद्यार्थीहरुले हजार रुपैयामा गरेको सहयोग त्यो भन्दम माथि छ । उनीहरुले डोटीमा आएर सहयोग गर्दा आन्दन मात्रै महसुस गरिरहेका छैनन की उनीहरुलाई कितावी ज्ञानभन्दा वास्तविकता वुझ्नमा मदत्त गरिरहेको विद्यार्थीसँग तीन पटक नेपाल आएका प्रोफेसर ई डव्लुले भने– आफनो सानो सहयोगले पनि निकै ठुलो मदत्त मिल्ने कुरालाई आफ्नै आँखाले हेरेर महसुस गरिरहेका छन । भविष्यमा उनीहरुलाई यस्ले पठनपाठनमा पनि सघाउ गर्नेछ । 

सगरमाथा स्वास्थ्य प्रतिष्ठानले अमेरिकावाट आउने विद्यार्थीहरुलाई नेपालमा रहँदा सहयोग गर्ने गरेको छ । रोलिन्स कलेज र प्रतिष्ठानको संयुक्त पहलमा विद्यालयहरुलाई सहयोग हुनुका साथै आफ्नै स्थानीय स्रोत साधनको माध्यमले पनि सहयोग गर्दै आएको छ । हुन त विद्यार्थीहरुले गरिरहेको सहयोग र भ्रमण सानै कुरा होला तर डोटीमा थालिएको यो अभियानलाई सार्थक मान्नैपर्छ । नाम चलेका डाक्टरहरुमध्ये पर्ने शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर दिपक प्रकाश महराले पहल गरेर गृह जिल्लामा भित्र्याएको विद्यार्थीहरुको लगानी गरे के सम्भव हुँदैन भन्ने गतिलो उदाहरण हुन सक्छ । अमेरिकामा पढन जाने विद्यार्थीहरुको भ्रमण तथा सहयोग गर्ने पहिलो रोजाई अहिले नेपाल नै हुने गरेको छ र उनीहरुले भन्ने गरेका छन– ह्वाई नट नेपाल ? 

 

कमेन्ट लोड गर्नुस