सुदूर नेपाललाई विश्वसँग जोड्दै

बौनियाँ र झगडपुरको विजयी सुरुवात

२०७५ असोज २६, ०६:५६ खबर संवाददाता

कैलालीको कुम्भियामा शुक्रवारदेखि सुरु भएको बर्दगोरिया गाँउपालिका स्तरिय फुटबल प्रतियोगीतामा सडकपुर बौनियाँ युवा क्लव र झगडपुर युवा क्लव बिजयी भएका छन्। आज भएको पहिलो खेलमा झगडपुरले भुरुवालाई ४–० गोलले हराएको हो। अर्काे खेलमा बौनियाले मुडालाई ८–० गोलको फराकिलो अन्तरले पाखा लगायएको आयोजक मंगलमय युवा क्लवले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टीमले १० हजार र दोश्रोले ५ हजार पुरस्कार पाउने मंगलमय युवा क्लवका सल्लाकार गोविन्द बमले बताए। 
बर्दगोरियाँ गाँउपालिकाका १४ क्लवको सहभागीता रहेको फुटबल प्रतियोगितामा बर्दगोरिया गाँउपालिका वडा नम्बर २ को वडा कार्यालयले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस