सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नतिको काम अझै सुरु भएन्

२०७५ असोज २६, १०:०५ सीताराम ओझा

धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जमीनमा स्तरोन्नतिको काम अझै सुरु हुन सकेको छैन् । वर्षातको समयमा रोकिएकोमा जग्गामा पानी जमेकै कारण काम सुरु भएको छैन् । तारवार र बाटो निर्माणको काम जारी रहेकोमा वर्षातमा पानी जमेर रोकिएको काम सुरु हुन नसकेको हो । अव दशैं तिहारपछि कामले गति लिने भएको छ । काम सुरु भएमा अवको दुई महिनामा तारवारसँगै माटो भरान लगायतका सवै काम सम्पन्न गर्ने निर्माण कम्पनीको खावी छ । विमास्थल स्तरोन्नतिको लागि निर्माणको कामपछि उपकरण जडान गरेर रात्रीकालीन र खराबम मौसममा पनि हवाई सेवा अझै अर्को हिउँद कुर्नुपर्ने भएको छ । 

झण्डै दुई वर्ष लगाएर जग्गा अधिग्रहण गरिएपछि धनगढी विमानस्थलमा रात्रीकालीन उडानका लागि र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरण गर्नका लागि उपकरण जडानको काम गर्नुअघि जग्गा भरान र तारवारको काम सुरु हुन नसकेको हो । वर्षातको समयमा पानी परेर जग्गामा भरिएपछि रोकिएको माटो भरानको काम र तारवारको कामले गति लिन नसकेको धनगढी विमानस्थल प्रमुख छवि ठकुल्लाले वताए । 

जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रीकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डिएमई जडान गरिनेछ । बिमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडान भएपछि दिउसो सामान्य तुवालोमा पनि विमान उडान र अवतरण गर्न सकिने छ भने एप्रोच लाईट जडान भएसँगै रात्रीकालीन अवतरण र उडान भर्न सकिने छ । तर अधिग्रहण गरिएको जग्गा तारवार, वाटो निर्माण गर्दै ग्राबेल लगायतको काम गर्न पानी जमेका कारण नसकिएको निर्माण व्यवसायी हरि भट्टले वताए । 

चाडपर्व पनि नजिकिएकोले सो समयमा पनि कामले गति लिने देखिदैन् । नेपाल नागरिक उडड्यन प्राधिकरणवाट ईन्जिनियर र सुपरभाईजर लगायतका प्राविधिकहरुको टोली आएर वस्तुस्थिति वुझेर पनि फर्किसकेकोले अवको काम दशैं तिहारपछि हुने अवस्था देखिएको धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले वताए । 

जापान सहयोग नियोग जाईकाले उपकरण जडानका लागि जापानमै निर्माणको काम जारी राखेका वेला ८ महिनाभित्रै जडान सम्पन्न गराउने तयारी भईरहेको छ । दशैंसम्ममा भिओआर डिएमई नामक उपकरण नेपाल पुगेपछि त्यसको जडानमा झण्डै दुई महिनाको समय लाग्ने देखिएको छ । सवै काम गरेर अवको आठ महिनामा धनगढी विमानस्थलवाट भिओआर डिएमई नामक उपकरण जडान सम्पन्न भएसँगै रातीको समय र खराब मौसममा समेत विमान उडान र अवतरण गर्न सकिने सुरु गरिने नेपाल नागरिक उडड्यन प्राधिकरणका उप निर्देशक संजीव सिह कडायतले वताए ।

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस