सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० बर्षपछि बझाङ्गको देवल विमानस्थलमा पुग्यो हवाईजहाज

२०७५ असोज २४, ०३:०९ डीवि विष्ट

करीब एक दशकपछि बझाङ जिल्लामा हवाईजहाज अवतरण भएको छ। १० वर्षदेखि बन्द रहेको देवल विमानस्थलमा बुधबार उडान परिक्षण भएको हो। २०३५ सालमा निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको सो विमानस्थल २०६५ सालपछि  बन्द भएको थियो।

नेपालगञ्जबाट १२ बजेर २४ मा उडेको नेपाल एरलाईन्सको जहाज ४५ मिनेटपछि  बझाङ जिल्लाको देवल विमानस्थलमा अवतरण भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरक्षिक काँसीराम पन्तले बताए। झण्डै २० मिनेट विमानस्थलमा रोकिएको हवाईजहाजमा सुपर डिभीजन कार्यलयका बरिष्ठ अधिकृत भगवती प्रसाद करुङ, नेपाल एरलाईन्सका रमेश कुमार पाण्डे, बायु सेवा नीगमका दिपेन्द्र सेन लगायतको उपस्थीती थियो।

नाईन एन एकेयु नम्वरको १६ सिट क्षमता भएको उक्त हवाईजहानको परिक्षण उडान मात्रै गरिएको नेपाल एरलाईन्सका रमेश कुमार पाण्डेले बताए। नेपाल एरलाईन्सका रमेश कुमार पाण्डेका अनुसार अब बझाङ जिल्लामा यात्रुहरु के कती छन, सो हेरेर उडान गर्न सकीने बताए। एक दशकपछि परिक्षण उडान भएसंगै जिल्लाका बासिन्दा निकै खुशी भएका छन्। 

बझाङ सदरमुकाम चैनपुरको नजीकै रहेको देवल विमानस्थल कालोपत्रे गर्ने भनीएपनि अहिले सम्म हुन सकेको छैन्। बझाङका नागरिक अभिन्यता, जनप्रतिनिधि, स्थानीय तथा पत्रकारहरुको पटक पटकको दबावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई कालोपत्रे गर्न टेण्डर आव्हान गरेको भएपनी कालोपत्रे हुने नहुने कुनै छाँटकाँट नभएको जिल्लाका स्थानीय बासिन्दाको भनाई छ। 
नागरिक उड्डयन प्राधिकरणका निर्देशक धुव्र भोसिभोयाले विमानस्थल कालोपत्रे भएपछि बझाङमा सरकारी तथा निजी कम्पनीहरुले उडान सुचारु गर्ने बताए। पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए। २०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थालेपछि सो विमानस्थलमा कुनै पनि उडान भएका थिएनन्। २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो। 
धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ तीन वटा सम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन्। तर धनगढी विमान स्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनिहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन्। 
बेवारिसे जस्तै बनेको विमानस्थल स्थानियले खेल मैदान र गौचरन बनाउदै आएका थिए। विमानस्थल स्थित टावर रहेको भवन स्थानीय बालबालीकाहरुको शौच गर्ने ठा“उमा परिणत भएको थियो। 
 

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस