सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश अब केरामा आत्मनिर्भर बन्दै

२०७५ असोज १९, १०:०५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशलाई केरामा आत्मनिर्भर बनाउने बारेमा विहीबार धनगढीमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टको सहभागीतामा प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन दिर्घकालिन योजना बनाउने बारे छलफल भएको हो । छलफलपछि केरा खेतीलाई प्रदेशका अन्य जिल्लाहरुमा बिस्तार गर्न किसानलाई अनुदान उपलब्ध गराई प्रोत्साहन गर्ने, कञ्चनपुरको गड्डाचौकी, कैललीको त्रिनगर र खक्रौलामा तीन वटा बिषादी मापन यन्त्र राख्ने, केरा उत्पादन बृद्धि गरी परनिर्भरता हटाउन योजना बनाउन भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई जिम्मा दिईएको छ। छलफलमा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रबिन्द्र प्रधान र कृषि महाशाखाका प्रमुख यज्ञराज जोशीले केरा खेतीमा आत्मनिर्भर बनाउन मन्त्रालयले तयार पारेको आगामी योजना बारे जानकारी गराएका थिए।
 

कमेन्ट लोड गर्नुस