सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्प्तालको आवास व्यवस्थापन विवाद अझै सुल्झिएन

४२ लाख भुक्तानी नभएपछि नयाँ भवन हस्तान्तरण हुन बाँकी 

२०७५ जेठ १३, १०:०४

सेती अञ्चल अस्पतालको आवास व्यवस्थापन सम्बन्धी विवाद अझै सुल्झीन सकेको छैन । धनगढीमै घर भएका कर्मचारीलाई आवासीय सुबिधा दिएको भन्दै उजुरी परेपछि सुरु भएको विवाद अझै समाधान नभएको हो । अस्पतालले डाक्टर सहित १८ जनालाई आवासिय सुबिधा दिने निर्णय गरेपनि दुई जना कर्मचारीको बिषयमा धनगढीमै घर भएको भन्दै उजुरी परेको हो । यता निमार्ण सम्पन्न भईसकेको भवनको ४२ लाख रकम भुक्तानी हुन नसक्दा निमार्ण कम्पनीले अस्पताललाई उक्त भवन हस्तान्तरण गर्न मानेको छैन । 

लामो समयदेखी आवासका लागि विवाद हुदै आएको सेती अञ्चल अस्पतालमा नयाँ भवनको निमार्ण सम्पन्न भईसक्दा समेत विवाद सुल्झीन नसकेको हो । अस्पतालको आवास व्यवस्थापन समितिले सिफारीस गरेका १८ जना मध्ये २ जनाका नाममा धनगढीमै घर भएको भन्दै उजुरी परेपछि सुरु भएको पछिल्लो विवाद अझै समाधान नभएको अस्पतालको आवास व्यवस्थापन उप समितिका संयोजक डाक्टर शुरेन्द्र बस्नेतले वताए । आवास व्यवस्थापन समितिले सिफारीस गरेका मध्ये एनेस्थेसिया सहायक धुब ओझा र स्टाफ नर्स बिष्णु रिजालको घर धनगढीमै भएको भन्दै उजुरी परेको हो । ओझाको धनगढी २ बैयाबेहडीमा बुबाको नाममा घर छ भने रिजालको धनगढी ५ तारानगरमा सासुका नाममा घर रहेको छ  । उनिहरु दुबै जनाका बिरुद्ध उजुरी परेपछि अहिले छानबिन भईरहेको र मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सजङ केसी काठमाडौबाट आए लगत्तै उचित निर्णय हुने प्रशासन शाखाका खरिदार जगत बहादूर सिहंले वताए ।

यता निमार्ण सम्पन्न भईसकेको भवन अस्पताललाई हस्तान्तरण नहुदा कर्मचारीहरुले त्यहाँ बस्न पाएका छैनन । निमार्ण कम्पनीलाई अस्पतालले ४२ लाख रकम तिर्न बाँकी रहेकोले ठेकेदारले निमार्ण सम्पन्न भईसकेको भवनमा ताला लगाएर बसेका छन । यस अघि भवन निमार्णका लागि मन्त्रालयबाट आएको रकम सकिएको र थप माग गरेको रकम आउन बाँकी रहेकोले ४२ लाख रकम भुक्तानी हुन बाँकी रहेको अस्पतालका लेखा अधिकृत लोचनराज रेग्मीको भनाई  छ । 

निमार्ण सम्पन्न भईसकेको नयाँ भवन हस्तान्तरण नहुदा अहिले अस्प्तालका कर्मचारी कुष्ठ रोग निवारण संस्थाको भवनमा बसिरहेका छन । उनिहरुले निमार्ण सम्पन्न भईसकेको नयाँ भवनमा बसोबासको व्यवस्था मिलाई दिन जिल्ला प्रशासन सहित प्रदेश मन्त्रालयहरुमा ज्ञापन समेत बुझाएका छन । तर निमार्ण कम्पनीले भने पुरै रकम भुक्तानी नहँुदासम्म भवन हस्तान्तरण गर्न मानेको छैन । 
अडियो सुन्नुहोस्

कमेन्ट लोड गर्नुस