सुदूर नेपाललाई विश्वसँग जोड्दै

शरीरमा पसिनाको दुर्गन्ध हटाउन अपनाउनुस् यी तरिका

२०७५ जेठ १२, १२:४२

गर्मी मौसममा शरीरबाट पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ। जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ।

अपनाउनुस् यी तरिका

१. नीमको पात 
नीमको पातले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ । नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ ।

२. कागतीको रस 
कागतीले छालामा रहेको पीएच लेभललाई घटाँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

३. गुलाब जल 
गुलाब जलले पनि पसिनाको दुर्गन्ध हटाउनमा मद्दत गर्छ । यसलाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ ।

४. बेसन र चनाको पिठो 
बेसनरचनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०÷१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

५. मह 
मह पनि एक औषधिको रुपमा प्रयोग हुने चीज हो । नुहाइसकेपछि पानीम एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ ।

६. पुदिना 
पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।
http://www.nepalihealth.comबाट
 

कमेन्ट लोड गर्नुस