सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसकारण कमी आउँछ आमाको दूधमा

२०७५ भदौ ५, ०७:५५

 बालबालिकाका लागि स्तनपान अनिवार्य हुन्छ । यदि तपाईंं आमा हुनुहुन्छ र बच्चालाई स्तनपान गराइरहनुभएको छ भने कुन आहारले आफ्नो बच्चालाई कस्तो असर पार्छ भन्ने कुरामा सचेत हुनुपर्छ ।
 यो यस्तो समय हो, जतिवेला नजानेरै गरेको सानो कुराले पनि तपाईंको स्तनपानमा नकारात्मक प्रभाव पार्न सक्छ । स्तनपानको समय आमालाई स्तनपानबारे निकै चिन्ता हुन सक्छ । 
किनकि, आमाको दूधमा कमी आएमा बच्चामा पोषणको अभाव हुन जान्छ । त्यसैले यस्तो समय विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।
गर्भनिरोधक चक्की
स्तनपानको समय गर्भधारणको सम्भावना कम हुन्छ । तर, यो पूर्ण सत्य भने होइन । यस्तो समयमा अधिक महिलाले गर्भधारण नहोस् भन्नका लागि विभिन्न औषधि प्रयोग गर्छन् । तपाईंले पनि यस्तो चाहना राख्नुभएको छ भने स्तनपानमा ठूलो असर पर्न सक्छ ।
 कुनै पनि गर्भनिरोधक चक्कीमा एस्ट्रोजन ओन्ली पिल्स हुन्छ । यस्तो चक्कीको सेवनले दूधको आपूर्तिमा कमी आउन सक्छ । त्यसैले इन्टरकोषको समयमा गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्दा राम्रो हुन्छ ।
औषधि
यदि गर्भावस्थाका दौरान आफ्नो शरीरको इम्युनिटी क्षमता कम छ भने पनि बच्चाको जन्मपछि तपाईंको इमयुनिटी कहिल्यै राम्रो हुँदैन । जसका कारण मौसमी सर्दी, भाइरल, ज्वरोले पनि हुन सक्छ । 
तर, सर्दी र मौसमी फ्लुको उपचार गर्न औषधि लिँदा भने स्तनपानमा समस्या निम्तिन सक्छ । चिकित्सकको सल्लाहविना औषधिको प्रयोग गर्दा आमाको दूधमा कमी आउन सक्छ । जसको प्रत्यक्ष असर बच्चामा पर्छ र उसको वृत्तिविकासमा बाधा उत्पन्न हुन्छ । 
त्यसैले स्तनपानको समय सकेसम्म कुनै पनि प्रकारका औषधि सेवन गर्नुहुँदैन ।
कम स्तनपान
अधिकांश स्तनपान विशेषज्ञले बच्चालाई जति बढी स्तनपान गरायो, त्यति नै बढी दूध उत्पादन हुने बताएका छन् । यद्यपि, कतिपय आमाले दुई या तीन घन्टाको ग्याप राखेर स्तनपान गराउँछन्, जुन कम हो । 
यस्तो बानीले स्तनको दूध उत्पादनमा कमी आउन थाल्छ । जबसम्म बच्चाले दूध पिउँदा तपाईंको स्तन खाली हुँदैन, तबसम्म पुनः भरिँदैन । लामो समयसम्म यस्तो गतिविधि दोहोरिँदा दूध ग्रन्थिबाट दूधको उत्पादन कम हुन जान्छ । त्यसैले स्तनबाट उचित दूध उत्पादन गराउनका लागि कमसेकम दिनमा १० देखि १२ पटकसम्म आफ्नो सन्तानलाई स्तनपान गराउनुपर्छ ।
रातमा बढी स्तनपान
धेरैजसो आमाले आफ्नो सन्तानलाई रातको समयमा पटक–पटक स्तनपान गराउँछन् । दुईपटक स्तनपान गराउँदाको बीचमा स्तनमा कति दूध स्टोर हुन्छ भन्ने एउटा सीमा हुन्छ । तपाईंले आफ्नो सन्तानलाई रातमा लामो समयसम्म स्तनपान गराउँदा दूध उत्पादन घटेर जान थाल्छ ।
 यसका साथै प्रोल्याक्टिन दूधको उत्पादनसँग जोडिएको हुन्छ, जो रातमा अधिक श्रावित हुन्छ । त्यसैले रातमा दूधको बढी उत्पादन हुने गर्छ । यसका लागि स्तनपानको आवश्यकता त हुन्छ तर लामो समय होइन । रातमा दुईदेखि तीनपटकसम्म स्तनपान गराउँदा हुन्छ ।
तनाव
स्तनपान गराउने आमाले आफ्नो भावनाबारे विशेष ख्याल राख्नुपर्छ । प्रसवकालको पीडापछि प्रायः महिलामा चिन्ता हुने गर्छ । यसले आमामा तनाव र दुःख बढाउन सक्छ ।
 यस्तो हुँदा शरीरमा कोर्टिसोल हर्मोनको मात्रा बढेर जान्छ । यो तनाव बढाउने हर्मोन हो । जुन आमाका लागि अझ बढी हानिकारक हुन्छ । 
यसैका कारण स्तनमा कम दूध उत्पादन हुन थाल्छ । यसका लागि तपाईं आफ्नो बच्चालाई उचित पोषण दिनका लागि शान्ति र तनावरहित हुन आवश्यक हुन्छ । यसमा परिवारले पनि भूमिका खेल्नुपर्छ ।
बिरामी
गर्भावस्थाका दौरान कैयौँ महिलामा मधुमेह, थाइराइड, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या हुने गर्छ । यदि तपाईंमा पनि गर्भावस्थाका दौरान यस्ता स्वास्थ्य समस्या भएमा चिकित्सकीय उपचारको विकल्प रहँदैन । 
त्यसैले तपाईं आफ्नो स्वास्थ्यको यसरी सुधार गर्नुस् कि प्रसवपछि पनि स्वस्थ रहन सहयोग पुगोस् ।
जडीबुटीको प्रयोग
साल्बिया, पुदिन र अन्य प्रकारका आयुर्वेदिक जडीबुटीले दूध उत्पादन घटाउन सक्छ । त्यसैले तपाईं स्तनपान गराउँदै हुनुहुन्छ या निकट भविष्यमै गराउनेवाला हुनुहुन्छ भने यस्ता प्राकृतिका जडीबुटीको सेवन गर्नुभन्दा पहिले डाक्टरसँग सल्लाह गर्न आवश्यक हुन्छ ।
मादक पदार्थ
धूम्रपानको लतले तपाईंलाई केही समयका लागि त आरामको अनुभूति गराउला, तर स्तनपानको रुटिनमा भने हानिकारक साबित हुन्छ । कफिन, मदिरा र तम्बाखुजस्ता पदार्थले दूधको उत्पादनमा प्रतिकूल असर पार्छ । 
जसले गर्दा आफ्नो सन्तान पर्याप्त मात्रामा दूधको आपूर्तिबाट वञ्चित हुन्छ ।

कमेन्ट लोड गर्नुस