सुदूर नेपाललाई विश्वसँग जोड्दै

मसल्स दुख्नुको पाँच कारण

२०७५ भदौ ५, ०७:५६

 पछिल्लो समय मानिस निकै व्यस्त हुन थालेका छन् । कतिपय मानिसलाई दिनभर दौडधुप गर्नुपर्ने हुन्छ । जसका कारण कैयौँपटक मसल्स दुख्ने समस्या हुने गर्छ । 
तर, यस्तो प्रकृतिको दुखाइ लामो समयसम्म रहिरहेमा भने सचेत हुन आवश्यक छ । किनभने, विभिन्न स्वास्थ्य समस्याका कारण पनि मसल्स दुख्ने गर्छ । 
यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यी हुन् मसल्स दुखेको अवस्थामा लाग्न सक्ने चार रोग :
मधुमेह
पछिल्लो समय मधुमेहका बिरामी निकै बढिरहेका छन् । शरीरमा इन्सुलिनको सन्तुलन बिग्रेपछि मधुमेह लाग्ने गर्छ, जसलाई नेपालमा चिनीरोग भन्ने प्रचलन पनि छ । मसल्स दुख्यो भने त्यो मधुमेहको संकेत पनि हुन सक्छ । यस्तो रोग लागेका वेला विशेषगरी हातको मसल्स दुख्ने गर्छ ।
फ्लु
धेरैले फ्लुलाई सामान्य स्वास्थ्य समस्याका रूपमा लिन्छन् । तर, फ्लुलाई बेवास्ता गरेको अवस्थामा यसले गम्भीर रूप पनि लिन सक्छ । त्यसैले यसबारे पनि जानकारी राख्न जरुरी हुन्छ । यदि तपाईंको मसल्स नियमित दुखिरहेको छ भने फ्लु लागेको पनि हुन सक्छ । शरीरमा रक्तसञ्चारको सन्तुलन बिग्रेको अवस्थामा फ्लुको समस्या हुन्छ, जसले मसल्स पनि दुखाउने काम गर्छ ।
मलेरिया
मलेरिया एक प्रकारको भाइरस हो । यस्तो भाइरसले संक्रमण गरेमा मसल्स कसिँदै जान्छ, जसले गर्दा दुखाइको अनुभूति हुन्छ ।
आर्थराइटिस
आर्थराइटिस जोर्नी दुखाइको समस्या हो । शरीरमा रक्तसञ्चारको सन्तुलन बिग्रँदै जाँदा यो रोग लाग्छ । यस्तो रोगले मसल्स पनि दुख्ने गर्छ ।

कमेन्ट लोड गर्नुस