सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाकिमको २% तलब काटिँदा जवानको भने २८% काटिन्छ !

२०७५ भदौ ५, ०७:५३

 नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । 
सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती गरेपछि विवाद बढेको हो । 
सेनाले तय गरेको कार्यविधिमा २२ प्रतिशतसम्म रकम कटौती गर्ने उल्लेख छ । तर, तयसलाई समेत नाघेर कार्यालय सहयोगी र सिपाहीबाट २८ प्रतिशतभन्दा बढी रकम असुल्ने गरेको पाईएको छ ।

कमेन्ट लोड गर्नुस